बुधबार, बैशाख १२, २०८१

खुलामञ्च अतिक्रमण प्रकरणमा महानगरका ठूलो माछो अख्तियारको अनुसन्धानमा

तत्कालीन महानगर प्रमुख एवम कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीलगायतका कर्मचारीसंगै निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल समेत अख्तियारको  अनुसन्धानमा 

काठमाडौ बैशाख १७,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ।   आयोगले  द्इ दशक भन्दा लामो समयसम्म कर्मचारीको एकलौटी रजगजमा चलेको स्थानीय निकाय अन्र्तगत काठमाडौं महानगरपालिकाका  तत्कालीन महानगर प्रमुख एवम कार्यकारी अधिकृत रुद्रसिंह तामाङ,  पछिल्लो समय सम्मानीत सर्वोच्च अदालतबाट जारी आदेश विपरित शहरको शुन्दरता नै कुरुप हुने गरी  महानगरपालिका क्षेत्रभित्र अवैधानिकरुपमा होडिङ्ग बोर्ड राख्न स्वीकृती दिदै मनमौजी रुपमा अर्थलाभ लिन पल्लकेका मात्र नभइ अनेकन परिपञ्च रच्न माहिर व्यक्तिका रुपमा चिनिएका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की  लगायतका कर्मचारीसंगै निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल माथि  समेत   सुक्ष्म अनुसन्धान  शुरु भइसकेको आयोगले स्रोतले  बताएका छन ।

  स्थानीय तहमा जनप्रतिनिधी नभएको अवस्थामा अर्थात २०७३ जेठ २०  काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच भएको सम्झौता अनुरुप २९ तले भ्यू टावर निर्माण गर्ने भन्दै २०७३ साउन ३० मा निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिएका हो । त्यसपछि बसपार्क खुलामञ्चमा सारिएको थियो। बसपार्क उपभोग गरेबापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ बुझाउने सहमति भएअनुरुप किर्ते कागजात बनाएर खुलामञ्चको १३ रोपनी जग्गा अतिक्रमण गरेको देखिन आएको जनाएको  छ।

यसवीचमा भएको पछिल्लो घटना अनुसार गत शनिवार स्थानीयको चौतर्फी विवाद पछि महानगरले खुलामञ्चमा बनाईएको अतिक्रमित संचना भत्काईएसंगै सटर र टहराबाट उठाएको पैसा ठेकेदारले फिर्ता गर्न समेत दवाव परेपछि कसतपयलाइ रकम फिर्ता गरिएको अपुष्ट जानकारी प्राप्त भएको छ ।  आयोग स्रोतका अनुसार प्राय साना माछोमाथि अनुसन्धान गर्दै आएको आयोगले जिम्मेवार सरकारी अधिकारीको आवरणमा खुलामञ्चको जग्गा अतिक्रमण प्रकरणमा ठूलो माछो माथि अनुसन्धान शुरु गरेको   बताएका   छन ।

 

काठमाडौं महानगरमा प्रशासन विभाग प्रमुख कार्कीको रजगज, मेयर शाक्य समेत रणभूल्लमा

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।