शनिबार, बैशाख १५, २०८१

मिस ईकलेज २०१८ को शिर्ष उपाधीको ताज चुमिन काजलले

काठमाडौ फागुन ६,  सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्ययनरत २० वर्षीय काजल तामाङले शीर्ष ताज चुम्न सफल भइन । उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्मचायले ताज पहिराइ दिएकी थिइन ।   त्यस्तै विधागत तर्फ पनि तामाङले ‘मिस पर्सनालीटीको टाइटल अवार्डसंगै उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङकक भ्रमण, लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हजारको छात्रावृति समेत प्राप्त गरिन ।

त्यस्तै प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअपको सपाधीसहित विधागत तर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन भने आस्मी गौतमले सेकेण्ड रनरअपको ताज चुमिन । साथै फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरिन ।

त्यस्तैगरि अपेक्षा ढुङगाना थर्ड रनरअपको ताजसंगै मिस क्याटवाकको उपाधी पनि हात पारी र अलिसा श्रेष्ठ फोर्थ रनरअप भए संगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि हात पारीन ।

प्रस्तुत प्रतियोगिताको विधागततर्फ सकिना खड्का ‘मिस पपुलर’ रविना लामिछाने मिस फेन्डसिप , सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भए । त्यस्तै पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आसा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

नोवल कलेजका संस्थापक निर्देशक उत्तम भौकाजी ,अक्षरा स्कुलकी संस्थापक प्रिसिन्पल अन्जु भट्टराई, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,काठमाडौं होम्सका प्रवन्ध निर्देशक सुजन लामिछाने, पत्रकार निमा काफ्ले , सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मिता खनाल र वरिष्ठ सौदर्यकर्मी सिता न्यापाने पाठक निर्णायक रहेको यस प्रतियोगिताको अफिसियल कोरीयो ग्राफीमा र रोजीन शाक्यले गरेका थिए भने सौन्दर्यकर्मी इश्वरी श्रेष्ठ तामाङले सवै प्रतियोगीहरुलाई सुन्दर वनाउनु भएको थियो ।