शुक्रबार, बैशाख ७, २०८१

फागु पुर्णिमालाई मर्यादित र शान्तिपुर्ण रुपमा मनाउन आग्रह गर्दै जनचेतनामुलक -याली

काठमाडौ फागुन १५ आगामी विहीवार मनाइने होली अर्थात  फागु पुर्णिमालाई मर्यादित र शान्तिपुर्ण मनाउन आग्रह गर्दै आज राजधानीमा बृहत जनचेतनामुलक -यालीको आयोजना गरिएको छ ।

स्वच्छ विचार र शान्ति सुरक्षा र विकासको आधार होली पर्व मर्यादित र अनुसाशित ढंगबाट मनाऔं संस्कृतिको जर्गेना गरौं भन्ने मुलनारा सहित महानगरीय प्रहरी वृत लैनचौर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कामपा वडा न १६ र २९ त्यस्तै गर लायन्स क्लव अफ काठमाडौं ठमेल इविजा को आयोजना र ठमेल पर्यटन विकास परिषदको सहआयोजना सम्पन्न उक्त यालीले महानगरका विभिन्न भागको परिक्रमा गर्दै सचेतना प्रवाह गरेका थिए ।

  जनचेतना मुलक -यालीमा सहभागीहरुले मापसे गरी सवारी चलाउनेलाई कानून बमोजिम कारबाई गरी निरूत्साहित गर्ने, पर्वको नममा चन्दा असुली गरेमा कानून बमोजिम कारबाई गरी निरूत्साहित गर्ने, होली पर्वको शुभकामना तथा सुरक्षा सम्बन्धी जनचेतना मुलक सन्देश, रेडियो,तथा माइकिङ् द्वारा सम्प्रेशन गर्ने, होली पर्वमा अपरिचित व्यक्तीलाई जबरजस्ती रङ् लगाउने, लोला हान्ने, फोहोर पानी, हिलो छ्याप्ने लगायत अवाञ्छिात तथा उच्छृखंल गतिविधी नगर्न आग्रह सहितको प्लेकार्ड  प्रदर्शन गरिएको थियो ।  -यालीपछि आयेजित कोणसभालाइ महानगरीय प्रहरी परिसर काठमाडौ प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल लगायत आयोजक संस्थाका प्रतिनिधीले सम्बोधन गर्नु भएको थियो ।  फोटो : रिजन शाही  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031