शनिबार, बैशाख १५, २०८१

केहो मतिना पारु?

 अनुप प्रधान / काठमाडौं पुस १२
मतिना पारु काठमाडौं उपत्यकामा नेवार समुदायले मनाइने एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट मनाइने प्रचलन रहिआएको छ । जुन पर्व राजधानीको बसन्तपुरमा  बुधवार साङ्गेतिक वातावरणमा  काठमाडौं महानगरपालिकाको सहकार्यमा द लोकस नामक संस्थाले आयोजना गरेका छन ।

 पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोलीपल्ट पर्ने तिथि भनेको , पारु अर्थात प्रतिपदा र मतिना भनेको मायाको पर्यावाची शव्दको संयोजननै मतिना पारु भन्ने बुझिन्छ ।  समग्रमा आफ्ना मायालु र जीवन साथीलाई फूल दिइ अबिर लगाई माया दर्शाउने प्रचलननै मतिनापारु भएको समाजका अगुवाहरु बताउछन ।

 तत्कालीन समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु परम्परा अनुसार यःमरी माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमीसँग सुटुक्क कुरा गर्ने चलन थियो। यसै क्रममा यःमरी पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन्।  त्यसमयमा अहिले जस्तो मोबाइलफोनको सुविधा नभएक कारण बेलामा यःमरी फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क भेटवार्ताको समय मिलाउने प्रचलन अनुरुप मतिना पारुका दिन भेटघाट गर्ने परम्परा समग्रमा भन्नुपर्दा प्रेमदिवस मनाउने प्रचलन रहेको बताइन्छ ।

पछिल्लोसमय मतिना पारु अर्थात प्रेम दिवस भन्दा पनि भ्यालेन्टाइन डेको संजालमा हाम्रो समाज रुमलिएको पाइन्छ । प्रणय दिवस जस्तै मतिना पारुको संस्कृतिलाइ विर्सेर भ्यालेन्टाइन डे ह्यापी न्यू यर क्रिसमस जस्ता बिदेशी संस्कृती हाम्रो दिन चर्या बन्दै गएको पाइन्छ ।