बिहिबार, बैशाख २७, २०८१

अधिकार प्रत्यायोजनका लागि संघीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा

काठमाडौं पुस १२, 

संघीय सरकारले संविधान बमोजिम प्रत्यायोजित हुनुपर्ने अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिन आज बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदैछन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको आजको भेलाले यसअघि पोखरामा बसेको बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानून निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने गरेको नितिगत निर्णयलाइ सम्बोधन गर्न केन्द्रीय सरकारले नजरअन्दाज गरेसंगै आज पुन बैठक बसेर दवाव सिर्जना गर्ने तयारी रहेको बताइएकोछ ।

त्यस्तै आजको बैठक लगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूले सामुहिक रुपमा प्रधानमन्त्रीलाई भेटेर बैठकका निष्कर्षका सवषयमा ध्यानाकर्षण गराउँने कार्ययोजना रहेको सम्वद्धस्रोतले जनाएको   छ।

स्मरण रहोस,  केही दिनअघि सत्तासाझेदार दल नेपाली काँग्रेसले प्रदेशस्तरमा समपन्न भएका सम्मेलनमा समेत प्रदेशको अधिकारका विषयमा छलफल हुनुको अलावा काँग्रेस नेताहरूले संघले प्रदेशलाई अधिकार नदिए आन्दोलनमा उत्रिन समेत पछि नहट्ने चेतावनी दिएका थिए

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930