सोमवार, जेष्ठ ७, २०८१

आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने

  काठमाडौं बैशाख २६,

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू विदेशमा रहेको मौका पारेर निराधार र कपोलकल्पित हल्ला चलाएर स्वार्थीहरुले पार्टी विभाजन गरिएको आरोप लगाउनु भएको छ ।

जसपा नेपालले पार्टी कार्यालय बालकुमारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले भन्नुभयो, ुविदेश गएको मौका छोपेर, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर सरकार ढाल्दैछ भनेर हल्ला चलाइयो ।

उहाँले केही व्यक्तिको महत्वाकांक्षा र व्यक्ति केन्द्रित फाइदा उठाउने उद्देश्यले पार्टी विभाजन गरिएको जनाउनु भयो । अध्यक्ष यादवले गैरकानुनी र असंवैधानिक तरिकाले पार्टी विभाजन गरी दर्ता गरिएको दाबी गर्नु भएको छ । नेपालको इतिहासमा पहिलो पटक यति छिटो पार्टी दर्ता गरियो, अध्यक्ष यादवले भन्नुभयो, पार्टी दर्ता असंवैधानिक र गैरकानुनी छ, त्यसका लागि हामी अदालतमा जान्छौं ।

यसअघि ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जसपा नेपालबाट विभाजित भई बनेको नयाँ दललाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने विष्यामा छलफल गरेको थियो ।