सोमवार, जेष्ठ ७, २०८१

जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ

काठमाडौं बैशाख २६,

प्रतिनिधिसभाको उपनिर्वाचनमा इलाम९२ बाट निर्वाचित सुहाङ नेम्वाङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा सपथ लिनुभएको हो । नव निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङलाइ सभामुख देवराज घिमिरेले सपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिनुभएको थियो ।

सपथ ग्रहणपछि पत्रकारहरुसंग कुरा गर्दै सांसद नेम्वाङले इलामलगायत देशभरको जनताले बोलिरहेका मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता हुने बताउनुयो । त्यस्तै नेम्वाङले अहिले संसद् सत्तारुढ दल र विपक्षीबिच देखिएको विवादलाई वार्ता र संम्वादबाटै सहमतिमा टुङग्याउनु पर्ने जनाउ समेत दिनुभयो ।  गत बैशाख १५ गते भएको इलाम९२ को उपनिर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बर खड्कालाई पराजित गर्नुभएको थियो ।