सोमवार, जेष्ठ ७, २०८१

नेपाल सुपर लिग: विजेता टीमले ७० लाख रुपैयाँ पुरस्कार पाउँने

आज पोखरा र ललितपुर सिटी एफसीवीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं पुस १२,
नेपाल सुपर लिग अन्र्तगत आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ। आजको विजेताले धनगढी एफसीसंगै फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको छ।  काठमाडौं रेजर्स इलिमिनेटरमा मंगलबार ललितपुरविरुद्ध हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का भएको हो। ।

यसैवीच नेपाल सुपर लिगको विजेताले ७० लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने भएको छ । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले दोस्रो क्वालिफायर अघि प्रतियोगिताको पुरस्कार राशी घोषणा गरेको हो ।

त्यस्तै घोषित पुरस्कार अनुसार प्रतियोगिताको उपविजेताले २० लाख रुपैयाँ , उत्कृष्ट खेलाडीले २ लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।