शनिबार, बैशाख १५, २०८१

संस्थापक अध्यक्ष  विवाद निरुपणका लागि इतिहासको उत्खनन आवश्यक

  • काठमाडौं माघ २९,
    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको प्रकाशन अग्र अनुहार कथा अग्रजको गाथा महासंघको विमोचनार्थ आइतवार राजधानीमा आयोजित कार्यक्रम ।
  • पुस्तक विमोचनको क्रममा महासंघको संस्थापक अध्यक्षको विवादका कारण कार्यक्रममा सहभागी आदिवासी जनजाति पत्रकार महासंघ [फोनिज]को अवरोध आफैमा नमिठो घटना थियो ।

फोनिज पदाधिकारीहरुले २००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ [तत्कालीन पत्रकार संघ] को अध्यक्ष भएका थिए । तर पत्रकार महासंघका अहिलेसम्मका सभापतिहरुहको बारे लेखिएको पुस्तक ‘अग्र अनुहार’मा श्रेष्ठको कुनै पनि चर्चा नरहेको र महासंघले इतिहास मेटाउने काम गरेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नु परेको जनाउ दिएका छन ।

स्मरण रहोस, निहरुले लामो समयदेखि विवादको प्रसंग बन्दै आएको महासंघको संस्थापक सभापतिको विषयमा प्रष्ट धारणा सार्वजनिक गर्न माग गर्दै विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ ।

महासंघका अभिलेखहरुमा नेपाल पत्रकार महासंका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेपनि सत्यन्द्रबहादुर श्रेष्ठ संस्थापक सभापति भएको दावी गर्दै आएपनि पत्रकार महासंघका हालसम्मका आधिकारिक दस्तावेज र विधानहरुमा संस्थापक सभापतिका रुपमा भट्टराईलाई स्वीकारिएको छ । यद्यपी यस विषयमा छिटोन्दा छिटो इतिहास पल्टाउँदै यसको निरुपण गर्नुको विकल्प नरहेको आइतवारको घटनाले देखाएको छ ।