बिर्तामोड माघ ४, पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रधान सम्पादक स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पूर्वाञ्चल दैनिककले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर स्वर्गीय ढकाललाई आज ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । २१ हजार रुपैयाँ राशीको उक्त अवार्ड स्वर्गीय ढकालकी श्रीमती सावित्रा ढकाललाई प्रदान गरिएको थियो । अवार्ड कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले संयुक्त रुपमा प्रदान गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
चार दशकसम्म निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रही पत्रकारिताको श्रीवृद्धिमा स्वर्गीय ढकालले पु-याएको योगदान सदैव स्मरणीय रहने चर्चा गर्दै उहाँलाई सो अवार्ड प्रदान गरिएको सम्पादक एकराज गिरीले जानकारी दिनुभयो । पत्रकार ढकालको गत वर्ष निधन भएको थियो । त्यस्तै स्वार्गीय पत्रकार ढकालको स्मृतिमा स्थापित ‘मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँ राशीको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भण्डारीले प्रदान गर्नुभएको थियो । पुरस्कृत क्षेत्री पूर्वाञ्चल राष्ट्रिय दैनिक पत्रिकाको संस्थापक सम्पादक समेत हुनुहुन्छ ।
यसैबीच पूर्वाञ्चल राष्ट्रिय दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको छ । सह सम्पादक भण्डारी पूर्वाञ्चल दैनिकमा विगत दश वर्षदेखि कार्यरत हुनुहुन्छ । पत्रिकाले उत्कृष्ट लेखक एवम् स्तम्भकार सम्मान अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरेको छ भने उत्कृष्ट समाचारदाता सम्मान पत्रकार नरेन्द्र ढकालाई प्रदान गरिएको छ ।
यसैबीच उत्कृष्ट वजार व्यवस्थापकको रुपमा लीला आचार्य,उत्कृष्ट साहित्यकार भुवन तामाङ, उत्कृष्ट कम्प्यूटर प्राविधिक रुपा मुखिया, उत्कृष्ट वितरण व्यवस्थापक गंगा कट्टेल, उत्कृष्ट वितरण व्यवस्थापक भूपाल कार्की, उत्कृष्ट वितरक अनिल राजवंशी, युवराज माझी, शान्ति वराललाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट विज्ञापन दाताको रुपमा म्याक्स मिडिया र इन्नोभेट मिडिया काठमाडौंलाई सम्मान गरिएको थियो ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले स्वागत गरेको कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, सम्मानित व्यत्तित्व क्षेत्री, मानवअधिकारकर्मी विष्णु खरेल, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, लगायतले वोल्नुभएको थियो । कार्यक्रमको संचालन पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकालले गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति कृष्ण हुँमागाई, पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, प्रस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती लगायतको आतिथ्य रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा
- आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै
- कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान गरी मनाइदैं
- कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त, सपथसंगै मन्त्रीपरिषद् समेत गठन
- डिआइजी जोशी र ढकालको एआईजीमा बढुवा,४२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार
- मन्त्रिपरिषद् बैठक:सरकारको नीति तथा कार्यक्रम जेठ १ मा
- कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
- बालमन्दिरको २९ रोपनी ४ आना जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान