शुक्रबार, बैशाख १४, २०८१

राजधानी माग गर्दै सुरु भएको आन्दोलन उग्र बन्दै, धकुटामा कर्फ्यु आदेश दोस्रो दिन पनि जारी, दाङमा संघर्षका नयाँ कार्यक्रम

काठमाडौं माघ ५,  सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै प्रादेशिक राजधानीको विषयलाइ लिएर सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ३ ,५ र ७ का मुख्य सहर तनावग्रस्त भएको छ । । यसक्रममा धनुकटामा सुरु भएको आन्दोलन नियन्त्रणको लागि स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज दोस्रो दिन पनि जारी छ ।

बिहीबारदेखि स्थानीय प्रशासनले प्रहरी र आन्दोलनकारीबीच झडप बढेपछि धनुकटामा कर्फ्यु लगाएको हो । आन्दोलनकारीले आन्दोलनको क्रममा प्रदर्शकारीहरुले दर्जनौ सरकारी कार्यालयसहित प्रहरीको गाडी, दमकल र एम्बुलेन्ससमेत तोडफोड गरेपछि कर्फ्यु आदेश जारी गर्दै आन्दोलनलाइ  नियन्त्रणमा लिने प्रयास भएको हो ।

यसैवीच दाङमा पनि संघर्ष समितिले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका कार्यक्रममा कालो झन्डा राख्नेदेखि राष्ट्रियसभा निर्वाचन बिथोल्नेसम्म छन् । माघ ३ लाई कालो दिन घोषणा गर्दै घर घरमा कालो झन्डा राख्ने, आमहडताललाई निरन्तरता दिँदै अस्पतालबाहेक सबै सरकारी कार्यालय र बजार बन्द गर्ने, अटो, रिक्सा बन्द गर्ने, आसन्न राष्ट्रियसभा चुनावलाई प्रभावित पार्ने गरी जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउनेलगायत आन्दोलन सार्वजनिक गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।