शनिबार, बैशाख १५, २०८१

तिव्र लालसा र मानसिक अवस्थाको असुन्तलन र योग

  भेष जंग बादल/ लेखक तथा पत्रकार

एक पटकमा यौन सम्पर्क राख्दा २४ घण्टा काम गर्न सक्ने वौद्धिक क्षमता र सात दिन सम्म श्रम गर्न सक्ने शारिरीक श्रमक्षमता नष्ट हुन्छ  

 एउटा यौन पिासु मानिस लाजधिन नभएको हुन्छ । एउटा लोभी मान्छे सारा साहस गुमाउछ । एउटा रिसाह मान्छेले स्वास्थ्य गुमाउछ। त्यस कारण तिव्रयौन ईच्छा, लोभ र रिसलाई हामीहरुले त्याग्न आवश्यक छ । कुनै पनि मानिसको मनमा तिव्र लालसा उत्पन्न भएमा ेउत्कृष्टर ईश्वरिय…. विचारहरु मनमा आउदैनन्। त्यसैले स्वादिष्ट खानाहरु, सिनेमा पुस्तकहरु, वार्तालाप, कुराकानी, आवतजावत र अन्य किसिमका वातावरण उत्तेजना वढाउने अवस्थाको त्याग गर्नु मनासिव रहन्छ ।  यसअर्थमा नारीहरुलाई पापीमन लिएर हेर्नु हुदैन । प्रौढ महिलालाई आमा व्यवहारसमा नगर्नु पर्छ । यदि युवतिहरु छन भने दिदी वहिनी जस्तो व्यवहार गर्नु सार्ना नानीहरुलाईर छोरा छोरी सरहको व्यवहार गर्नु पर्छ । व्यभिचारीपनले मृत्युलाई नजिक ल्याउछ ।

 त्यस्तै मानिसहरुले जंगलका सिंह, हात्ति साँढे जस्ता शक्तिशालि जनावर मानिसहरु भन्दा धेरैसंयमित र धैर्यवान हुन्छन हलें।सि एकसाल भरीएक पटक मात्र संभोग गर्दछ । सिंहका संभोग सिहनीले एक साल सम्म सिंहलाई संपर्कमा आउन दिन्न र सुत्केरी भई सकेर वच्चा स्वस्थ र वलियो भएपछि मात्र सिंह र सिंहनीको सम्पर्क रहन्छ । तर हामी मानिसहरु प्राकृतिक नियम उलङंघन गर्ने गरेकालेनै सदैव रोग र पिडा वाट प्रताडित िभई रहन्छौं । मानिस र पशुपंक्षिहरुका लागि आहार, निद्रा, भय र मैथुन समान रहन्छ ।

मानिस र पशुको विचमा भिन्नता ल्याउने धर्म, विवेक, र विचार शक्ति मात्र हो ।  एक पटकमा यौन सम्पर्क राख्दा २४ घण्टा काम गर्न सक्ने वौद्धिक क्षमता र सात दिन सम्म श्रम गर्न सक्ने शारिरीक श्रम क्षमता नष्ट हुन्छ । यद्यपी मानिसल यौन भावावेश र आवेशको खेलौना वनेर आफ्नो जीवनलाई धृणित वनाई रहेका छन । विवेकहिन वनि रहेको छ । उ यौन समाजमा दास बन्दै आत्मनिर्णय वाट वन्चित वनिरहेको छ ।

तर मानिस तीव्रलालका कारण उत्तेजित हुँदै गर्दा आध्यात्मिक चिन्तन तिर लाग्न सक्यौ भने कुकर्म तिर मन जादैन । मानिसमा योग तथा आध्यात्मिक चिन्तनले अस्थीर स्वभावलाइ स्थिर बनाउँछ आत्मनिर्णय सोच्ने शक्तिलाइ मजुवुत बनाउँछ ।   यदि योगभ्यास र आध्यात्मिक चिन्तन कायम गर्न सक्यौ भने भय रहित  सुसंस्कृत भएर मानिस बन्नु हुनेछ । तिब्र रिस मानविय जिवनको पतनको मार्ग हो त्यस अर्थमा तिब्र रिस लालसी लम्पट र क्रोधित मानिस समाजका परम सत्रु हुन । यि चरित्रको स्वीकार गर्नु आर्फमा अत्माहत्याको मार्ग अवलम्वन गर्नु हो ।

त्यसैले योगाभ्यास आत्ध्यात्मिक चिन्तनबाट मानिसमा रहेको विकृत तिव्र लालसालाई जरै देखि उखाडन सक्तछ । परिश्रम गर्ने मानिसहरुले खानालाई व्यवस्थित गरेर प्राणायाम, जप गर्ने ग¥यो भने राम्रो हो आन्तरिक जागरण र कठोर साधना जीवनको लागि अति आवश्यक छ मानिसहरुले तिव्र लालसा वाट उन्मुक्ति पाउन ठूलो कर्म अपनाउन आवश्यक छ । जसरी युद्धमा शत्रुहरुलाई पराष्त गर्न आवश्यक हतियारको व्यवस्थापन गरेजस्तै तिव्र लालासााई ध्वस्त पार्नोगय र आध्यात्मिक चिन्तन अति आवश्यक रहेको छ ।

। श्रीमतीको आदेशमा एक जना सज्जन मित्रले विवाह पश्चात मादक पदार्थ सेवन गर्न र चुरोट पिउन छाडनु भयो र योग र धार्मिक चिन्तन तिर आकर्षित हुनु भयो । पछि ति सज्जन मित्रले भने जव म योग र आध्यात्मिक चिन्तनमा गहिरिएर लागेपश्चात भन्न थाले मलाइ योग गर्नु पूर्व मैले अर्ध नग्न मात्र नभएर कनै युवती देख्दा होस वा विभिन्न होटल, रेष्टुरा र सिनेमाहलमा टागिएका अर्ध नग्नका तस्बिरहरुले पनि मलाई उत्तेजित वनाउथे । मेरो मन हलचल भएको अनुभूत हुन्थयो । तर पछि आध्यात्मिकम चिन्तन तर्फ लागेपछि युवती मात्र होइन नग्न युवती संगै आएपनि मेरो मन स्थिर हुन्छ । शहरका कुनै पनि ििवकृत अवस्थाले मलाइ छुन नसकेको बताएबाट पनि योग महत्व आफैमा प्रष्ट हुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।