शनिबार, बैशाख ८, २०८१

बुद्ध दर्शन साम्यवादसँग मिल्दो छ त ? -२

 -भेष जंग बादल/ स्वत्रन्त्र पत्रकार-

कर्मले व्यक्तिवाद तर्फ डोहो-याउदैन राम्ररी बुझेका खण्डमा । “आफु” नभएमा कार्य व्यक्तिको हुन सक्दैन तथा यस्तो कार्यको राम्रो अथवा नराम्रो प्रभाव पनि व्यक्तिगत हुन सक्दैन । सम्पुर्ण कार्यले सामाजिक दायित्व बोकेको हुन्छ ःउत्पादन अथवा प्रभाव समाजकै हुन्छ । आर्थिक व्यवस्थाजस्तै नैतिक व्यवस्थापनि आवश्यकत एउटै हुन्छ । नैतिकताको बुद्धदर्शन हो । जहाँ गुणलाई गुणको लागी अभ्यास गरिन्छ ।सबैको असलको लागी कुनै व्यक्तिको उद्देश्यका लागी होइन किनभने अर्काे जीवनमा फलप्राप्त गर्ने (स्व) रहेको हुदैन । पुर्नजन्म त छ तर यो आत्मारहित छ । समुदायतर्फको आफ्नो कर्तव्य गरेको सन्तुष्टि प्राप्त गरेपछि राम्रो प्रभावको पुर्णाशं शुधारका लागी जान्छ– समाजको नैतिक, सामाजिक अथवा आर्थिक जसको सहयोगमा सो राम्रो कार्य गरिएको थियो । वर्गविहिन समाजमा सबैमानिसको समान मौका तथा आफ्ना आवश्यकता अनुसार समान पारिश्रमिक रहेको हुन्छ भने केही विरोध आउँछ भने कर्मको नियमबाट नैतिक बदलाको कुनै प्रयोग गर्ने क्षेत्र रहदैन । अर्काे शब्दमा, सबैलाई आ–आफ्नो कार्य अनुसार दिने बुद्धदर्शनले कर्म उसको आवश्यकता अनुसार प्रत्येकलाई दिने साम्यावादी आदर्शलाई काटेको देखिन आउँछ ।,

केही मानिसको एउटा समुहले मिलेर कुनै साझा आदर्श प्राप्तितर्फ प्रयाश गरिरहेका छन भने त्यसले कार्यको समानता देखाउछ त्यसकारण समानताको प्रभाव प्राप्त गराउँछ भन्ने तथ्यलाईनै पहिले यसको उत्तरमा दिन सकिन्छ । विश्वका सबैभागमा साम्यवाद बलियोसँग स्थापित हुँदै वर्गविहीन समाज स्थापना गरि वर्ग सघर्षलाई समाधान गर्न सफल भएतापनि, विज्ञानले प्रगति गरि रोगहरुलाई प्रभावकारी रुपमा उपचार गरेतापनि, वृद्ध उमेरको रोग सधैँ रहिरहनेछ जुन मृत्युमानै अन्त्य हुनुपर्नेछ । तथा जीवनलाई बढी सुविस्ताजनक बनाउन खोजिएपछि यसबाट छुट्टिन्न झन बढि कठिन हुनेछ । यसबाट मानसिक सघर्ष अर्थात् दुख झन बढि हुनुेछ ।

जुन कुरालाई कुनै पनि वर्गविहीन समाजले नामेट पार्न सक्दैन् जहाँ कर्मको नियम अनुसार बदला चुकाउँन मानसिक कार्यको असमानताले आफ्नो कार्यअनुसार सधैँ ज्यादै उर्वर भूमि प्राप्त गर्नेछ । मानिसको प्रारब्ध निर्धारण गर्ने भाग्यवादको रुपमा कर्मको कार्यलाई बुझ्नेकुरा पुरै त्रुटीपुर्ण धारणा रहेको थियो । तर ऐतिहासिक विकासक्रमको परिप्रेक्षमा यो दुव्याख्यालाई पढ्दा हामी के देख्छौ भने यो भाग्यवादी सिद्धान्त सामान्ती व्यवस्थासँग कति राम्ररी मिलेर रहेको थियो जसबाट भारत तथा श्रीलङ्काका धेरै भाग अझै मुक्ति नपाइसकेको अवस्थामा छन् । फेरिपनि एकचोटी भन्दा कर्म भनेको वर्तमान कार्य हो जसले विगतको कार्यबाट विकसित भएका अवस्था अन्र्तगत कार्य गरेको हुन्छ । कुनै कार्यप्रतिको यो पूरै प्रतिक्रिया हो जसले कुनै बुद्धदर्शनवादीलाई मुक्तिको शक्ति प्रदान गर्दछ । जसका अभावमा संसारबाट उम्किन सम्भव हुँदैन । यो मानवीय प्रवृत्तिको दैवीकरणको प्रयास होइन जब मानीसलाई स्वयम आफ्नो मुक्तिदाता भनिन्छ । तर यो कुरा परब्रह्म हस्तक्षेप वाहेक तथ्यको निरुपणसम्म मात्रै हो ।

धर्मका विभिन्न रुप संसारका खाली विचारमात्र हुन् तथा जुन अवस्थामा मानिस बसेको छ ती अवस्थाकै हुन् । जब मानिस निरक्षर थियो तथा आधारभूत रुपमा कृषक थियो । त्यसबेलामा उसको ईश्वरनै “पशुको मालिक” थियो । (Pater meus Agricola est, said Jesus of himself. Jhon XV, 1) मानिसका पापहरु सधैँनै उसका ईश्वरहरुमा प्रतिविम्वित भएका छन् तथा मानिसका आर्दशहरु उसका मूर्ति भएका छन् । सामन्तवादका समयमा धेरै साना देवता तथा एउटा सर्वाेच्च देवताको सिद्धान्त ट्याक्कै मिलेको थियो । पूर्वनिश्चितताको सिद्धान्तले कामदारलाई तलै राखेको थियो । भौतिकवादको संसारले स्वभाविक रुपमा परब्रह्म तथा सर्वशक्तिमानको धारणालाई उसले आफैले यसलाई प्रेम भनेतापनि पन्छाएको छ ।
कर्मको विचार हिन्दुधर्मको यसका धेरै ईश्वरहरु आत्माको पुर्नजन्म तथा यसका नजानिएको र जान्न नसकिने ब्रह्म सहितको हो । विदेशी शोषणबाट आर्थिक दास भएर बन्धकमा रहेको, रजौटाहरुको सामन्ती व्यवस्थाबाट राजनीतिक रुपमा बाधिएको, नराम्रो जातको व्यवस्थाबाट बौद्धिक रुपमा बाधिएको तथा अन्धविश्वास र पुरोहित कलाबाट धार्मिक रुपमा बाधिएको भारतको यो कुरा अझपनि आवश्यक परिणाम हुनसक्छ । तर बुद्धदर्शनले जातको फरक स्विकार गर्दैन यसका पुरोहित छैनन तथा बलिप्रथा छैन । यसले अन्धविश्वासलाई निन्दा गर्छ तथा स्वतन्त्र विचारलाई प्रोत्साहित गर्छ । सो रहित पद्दतीसँगको बुद्धदर्शन अनन्तको पद्दतीमा छ । जसमा कार्यसम्म पनि सोको हुदैन जहा स्वर्ग र नर्क संसारभित्रै प्राप्त गरिन्छ, जहाँ मानवीय रुपमा उच्चतम स्वतन्त्रताको निर्वाणलाई मानवीय रुपको मनको स्वतन्त्रतामा खोज्न सकिन्छ– यस्तो बुद्धदर्शन अन्धविश्वास, डर, कुनैपनि रुपको दासत्वबाट मुक्त हुन्छ ।

दर्शनको व्यवस्थाका रुपमा बुद्धदर्शन तथा साम्यवाद दुवै पं्रकृतिमा आधारित छन् तथा सम्पुर्ण आर्दशवाद तथा परब्रह्म सिद्धान्तहरुलाई अस्विकार गर्दै यी आधारभूत दार्शनिक विचारहरुलाई व्यवहारिक मुल्य प्रदान गर्ने प्रयास गरिरहेका छन् । यहाँ तरिका केहीमात्रामा फरक भएपनि आम जनताको शत्रुहरुको मनमा बाहेक तरपनि यहाँ यर्थात् विरोध रहेको छैन । वुद्धदर्शन तथा साम्यवाद दुवैले खाली सुधारले दुष्ट्याईबाट पुरै स्वस्थता प्राप्त हुदैन भनेका छन् । क्रान्तिकारी परिवर्तन एउटा यर्थात् क्रान्ति हुनुपर्दछ । कुनै प्रकारको पुर्नमिलन प्रयाप्र्त हुँदैन । प्रयासको पुर्ननिर्देशिकरणले कहिलेपनि सत्य निदान प्रदान गर्दैनन् किनभने ती कुराहरु आफ्नै जरामा स्वार्थी छन् । तर स्वार्थलाई पुरै उखलेर सो लाई समुदायमा मिलन गरेमा यसले व्यक्तिगत सम्पतिलाई पनि चोरेको मान्दछ । तथा समुदायको फाइदाका लागी व्यक्तिगत अधिकारलाई समर्पण गरेमा यस्तो कुराले मात्र संसारलाई स्वर्ग बनाउँछ । जसलाई स्वार्थी एकलकाटी कुराले बारम्बार राष्ट्रवादी पृथकतावाद तथा सघर्ष तथा युद्धतर्फ डो¥याउने साम्राज्यवादीले नर्कमा परिवर्तन गरेको छ ।  धर्मका नाममा थुप्रै युद्ध लडिएका छन् जसले गर्दा क्रिश्चियन धर्मका प्रवर्तकका लागी शान्तिको राजाको पद कमाउन गाह्रो भएको छ । जसले आफुलाईनै यसो भनेका छन् ः “म शान्ति ल्याउनका लागी नभई तरवारका लागी आएको छु ।” (MT. MtX.34)

केही कुरामा पनि विश्वास नगर्ने, ईश्वर, आत्मा तथा सनातनजस्ता परप्रकृतिलाई अस्विकार गर्ने र जसको उद्देश्य एउटै उद्देश्य यो संसालाई स्वर्ग बनाउने हो, त्यस्तो भौतिकवादीलाई पूरै सन्तुष्टि प्रदान गर्ने बुद्धदर्शननै एउटै विचारको व्यवस्था देखिन आएको छ, जसले कहिले पनि बलपुर्वक धर्म परिवर्तन गरेन तर सत्यमै स्वतन्त्र खोज सधै गर्ने कुुरामा जोड दिएको छ ।  साम्यवादलाई हिंसाका लागी निन्दा गर्नु निरर्थक छ । तर साम्यवादका लागी हिंसाको आरोप आवश्यक भएपनि बुद्धदर्शन आवश्यकत अहिंसावादी छ भन्ने कुुरा ज्यादै सतही देखिन्छ । किनभने देवदत्त देखि बुद्धका अन्य शिशुहरु तथा यशूक्रिष्टको judas लाई प्रदान गरिएको बाह्र सुत्रका लागीपनि साम्यवादका लागी मात्र हिंसा रहेको छैन । साम्यवाद आवश्यकत अहमवादी छैन । किनभने यसले समुदायका आधारमा विचार गर्छ तथा केही व्यक्तिहरुलाई मात्र समर्थन गर्दैन । त्यसकारण यसको आदर्श कुनै अहमवादी दृष्टिकोणसँग सघर्षमा आउँछः पूजीवाद, साम्राज्यवाद, चर्चवाद इत्यादी किनभने यस्ता उपायद्वारा केही व्यक्तिले आम जनतालाई शोषण गर्दछन् ः पूजीवादीहरुले श्रमिकलाई शोषण गर्दछन् ।

साम्राज्यवादीहरुले आफ्ना अधीनका उपनिवेशलाई शोषण गर्छन् । चर्चका व्यक्तिहरुले वाह्य सुख, पुरोहितले प्राप्त गरेका अस्थायी वस्तुहरुको विनिमयमा अर्काे जीवनमा प्राप्त हुन्छ भनी प्रतिज्ञा गरी आफ्ना भक्तहरुलाई शोषण गर्छन् । साम्यवादमा शोषणविरुद्धको सघर्ष बुद्धदर्शनमा इच्छा विरुद्धको सघर्षभन्दा ज्यादै खराब छैन । शोषण तथा इच्छा दुवैको जरो अज्ञानमा छ किनभने शोषणकर्ताले के कुरा बुझ्दैन भने केही क्षणिक मुनाफा उसले प्राप्त गरेतापनि दिर्घकालीन रुपमा उसले वर्गसघर्षलाई चर्काएर आफैलाई बर्वाद गरिरहेको हुन्छ । यसप्रकारको अज्ञानलाई जित्न खाली तर्कको बलले मात्र कहिलेकाही पुग्दैन । जसरी भित्रैदेखि जरा गाडेका खराब बानीलाई जित्न कुनै व्यक्तिले बल प्रयोग गर्नुपर्ने हुन्छ । जसलाई कारणवादीताले निर्मुल नगर्नु भनेको हुन्छ । त्यसैगरि कारणवादीता स्वयमलाई स्विकृति दिलाउन नसकिएमा कुनैपनि राष्ट्रको कार्यलाई पनि नियमित गर्नुपर्ने अवस्था आउछ । आफ्नो आवश्यकता अनुसार ।

साम्यवाद वर्तमान अवस्थामा अझै उत्कृष्ट भएको छैन तथा पूरै विकसित भएको छैन । यसले अस्तित्वको लागी अझै सर्घष गर्नुपरेको छ । हस्तक्षेपको वाह्ययुद्ध तथा अन्र्तध्वंसको आन्तरिक प्रयासद्वारा यो सर्घष लादिएकोछ ः यो विकासको पिडाजनक प्रक्रिया हो जसले प्रतिरोध बढाउनुपर्ने कुरालाई आवश्यक तुल्याएको छ । तर यो आवश्यक छैन । किनभने पुर्णअधिस्थान प्राप्त भएपछि यो कुरा प्राकृतिक रुपमा हराउने छ । बुद्धदर्शनमा इच्छा आवश्यक नभएजस्तै इच्छालाई तर जित्नुपर्ने हो भनिन्छ तथापि यस्तो इच्छा नभएको उत्कृष्ट व्यक्ति वाहेक अन्यकुनै बुद्धदर्शनवादी रहेको छैन । त्यसैगरि साम्यवादका लागी हिंसा आवश्यक छैन । बुद्धदर्शन तथा साम्यवाद दुवैले प्रयोग गर्ने प्रमुख शक्ति शिक्षा मार्फत् गरिने तर्कको बल र आस्था हो । यस्तो शिक्षाले चर्चहरुले निरन्तर गरेजस्तै जीवनको आदर्शवादी धारणालाई मात्र एकातिरबाट देखाउन हुदैन तथा तिनका प्रकाशमा ल्याइएका धर्मलाई पनि उनिहरुले बलको तर्क ग्रहण नगरेतापनि यशो गरिन हुदैन । यस्तो शिक्षा प्राकृतिक पूर्वाग्रहरहित तथा त्यसकारण भौतिक हुनुपर्दछ । जसमा ईश्वर अथवा नर्कको डरबाट स्वतन्त्रता हुन्छ तथा जसलाईल समुदायमा बसिरहेका जनताका पारस्परिक अधिकार र कर्तव्यबारेको बुझाइमा आधारित गर्नुपर्दछ ।
बुद्धदर्शनले जनताको स्वामित्वको प्रवृत्तिलाई झिकिदिन्छ तथा जीवनको अर्थ बुझ्नका लागी ती कुरालाई गहिरो बुझाई नभएका लागी जीवनको मुल्य ग्रहण गर्न दिन्छ । यसो भएमा सुख स्वयममा जनताहरु रमाउँछन् तथा रमाइलोको लागी उनीहरुले सन्तुष्टि नभई उपाय भएमा तिनीहरुलाई वस्तु थुपार्ने, बैंकमा कार्य गर्ने, शोषण गर्ने तथा व्यक्तिगत सम्पतिको अन्य थप कुरालाई ग्रहण गर्नुपर्दैन । सम्पुर्ण समानता ल्याउनका लागी मानिसको मानसिक दृष्टिकोणमा मौलिक परिवर्तन आवश्यक छ ः तथा यहाँ नै बुद्धदर्शनको मनोविज्ञानले साम्यवादी समाजशास्त्रलाई पुरा गर्न सक्दछ ।
सघर्षको कारणलाई समाधन गरेरमा द्वन्द्वात्मक प्रक्रियालाई अन्त्यसम्म ल्याउन सकिन्छ । पदार्थ तथा उर्जाको द्वन्द्वलाई विज्ञानले पदार्थ उर्जा हो तथा यी दुवै फरक रुपका होइनन् एउटै प्रक्रियामा समाविष्ट छन् भनेर विज्ञानले समाधान गरेको थियो । पदार्थ तथा मनको द्वन्द्वभने आत्माजस्तै बेग्लै एकाई भनी मनलाई विचार नगरेसम्म समाधान गर्न नसकिने समस्या रहेको थियो । बुद्धदर्शनको अनन्तको सिद्धान्तमा विषय र तत्वको मिश्रण हुने उपकरणसरी तथा विचार मात्र गर्ने मनमा एउटै प्रक्रियाको मनोवैज्ञानिक, शारीरिकशक्तिको एउटै प्रक्रियामात्र रहेको हो । लोभ तथा घृणाको द्वन्द्व जुन दुवै भ्रमको जरामा हुन्छन् तथा तिनलाई बुझाई तथा अन्र्तदृष्टिबाट मात्र समाधान गर्न सकिन्छ । युगौयुगको क्रममा इतिहासले देखाए सरह यस्तो द्वन्द्व वर्गबीचको सघर्ष अन्ततः तानाशाही शक्तिबाटमात्र अन्त्य नभई वर्गवहिन समाजमा मात्र अन्त्य हुन्छ । मानवताले डोहो¥याएको मार्ग यहिनै हो जसबाट सो र अन्यबीचको फरकमा आधारित सबै सघर्ष यी दुबै उग्र अवस्थाबारे समाधानबाट अन्त्य हुन्छन् । जुन कुरा अज्ञानले एकअर्कालाई विरोध गरिरहेको हुन्छ । यो कुनै प्रक्रियाको अवैयक्तिक तत्वमा सम्पुर्ण तत्वहरु उत्कृष्ट मिलानमा समाविष्ट हुन्छन् ।
यसप्रकारको अवैयक्तिकताको प्राप्तिनै बुद्धदर्शनको उच्चतम उत्कृष्टताका रुपमा बौद्धिक विकास हो भने साम्यवादमा भने यो सामाजिक विकास हो ।
हामीले खोजेको कुरा स्वतन्त्रतामात्र हो भने यस्तो जन्जीर कसैले तोड्न खोज्दा किन हाम्रो मुटु दुख्छ त? किनभने हाम्रो अज्ञानतामा नै हामीले ती जन्जिरलाई आफैसँग जोडेर पहिचान गर्न थालेका छौ । जब मानिसले आफुलाई बेग्लै व्यक्तिको रुपमा नभई आफैलाई हेर्न सिकेमा अर्थात् मानवताको सामाजिक शरिरमा एउटा अङ्गको रुपमा आफूलाई बुझेमा उसले के बुझ्दछ भने उसको वैयक्तिकता तथा पृथकतालाई गुमाएर सबैलाई सम्पुर्णताको अंशका रुपमा आफूलाई सेवा गर्नेकुरा मानीसले तब बुझ्नेछ ।  आफुमानै इच्छाको अन्त्य यो कुुराले हुनेछ अर्थात् समाजको वर्गसघर्षको अन्त्य तथा बुद्धदर्शन तथा साम्यवादको उत्कृष्ट मिलान नमुना हुने छ ।  समाप्त

प्रस्तुत लेखमा अभिव्यक्त भावना लेखको नितान्त व्यक्तिगत विचार हो । यसमा प्रकाशन संस्थाको कुनै जिम्मेवार  र सहमत रहनु पर्ने बाध्यता रहेको छैन-( -स)