शनिबार, बैशाख १५, २०८१

लथालिङ्ग देशको भताभुङ्ग चाला

-एल डि खड्का-

मुलुकको ३९ औं प्रधानमन्त्रीको दर्जानीमा आएका प्रधानमन्त्रीमा  प्रचण्डले तेस्रोपटक बहाल भए पछि चुनाबी प्रतिबद्धता मुताबिक अन्तिम कार्यकालमा केही हिम्मत गरेपनि तार्किक निष्कर्षमा पुग्न् सकेका छैनन ।  

००४ साल देखि २०६३ सम्म नेपाली जनताले परिवर्तनको लागि कैयौ आन्दोलन गरे । संविधानसभाको निर्वाचन पश्चात् पनि जातिय क्षेत्रीय अनेकन आन्दोलन भए। यसवीचमा सयौंले सहादत प्राप्त गरे भने हजारौं नागरिक अपांग भए। कयौं परिवार बिहिन बने। हजारौ परिवार आफ्नो थातथलोबाट पलायन हुनु परेका थ्रुपै ज्वलन्त घटनाक्रम हामी सामु विद्यमान रहेका छन । आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित होला मुलुकले काँचुली फेर्ला भनेर जीवन समर्पित गरेका सहिदको बलिदान आज खेर गएको छ। पचहत्तर बर्षको अबधिमा हुनुपर्ने राजनितिक ,सामाजिक र आर्थिक परिवर्तनको सूचांक प्रतिशतमा हेर्दा करिव दस देखि पन्ध्रको हराहारीमात्र रहेको छ ।

संचार र यातायातमा केही उपलब्धी भए। बिनासले विकास ल्याउछ भने झै बिकासले पनि बिनास निम्त्याउँछ। जस्तो आज प्राय हरेक नेपालीको हातमा रहेको मोबाइल फोनले विश्व परिवेशलाई हातमै समेट्दिै खुसी व्यक्त गर्दैगर्दा पछिल्लो समय मोवाइल फोन र सामाजिक संजालको गलत प्रयोगका कारण कोहि कसैको जीवन सुरक्षित छ भन्न नसकिने अवस्था सिर्जना भएका छन ।

यसैका कारण दिनानुदिन मानसिक रोगीको सख्या समेत बढिरहेको छ। हजारौको घर तहसनहस भएको छ। सामाजिक संजालबाट उदाएका रबि,बालेन र हर्कहरु कालान्तरमा सामाजिक संजालबाटै बिलाउछन भन्नेमा ढुक्क भए हुन्छ। सामाजिक संजाल मार्फत अरबौ रुपैया बिदेशिएको पक्षप्रति सरकार गम्भीर हुन नसक्दा समस्या दिनानुदिन पेचिलो बन्दै आएको छ ।

हवाई र सडक मार्ग :
मुलुकमा प्रजात्रन्त्र पुनस्थापना पछि देशको कुना कन्दारामा सडक मार्ग विस्तार भएपनि दिर्घकालिन रणनितिक योजनाको कार्यान्वयन गर्न नसक्दा वर्षेनि यातायात दर्घटनामा धेरैले मृत्यु वरण हुँदै आएको छ।  नेपाल प्रहरीको तथ्यांकअनुशार २०७८/७९ मा सडक दुर्घटनामा घाइते हुनेको संख्या १४,७३६ जना थिए भने २७८९ जनाको मृत्यु भएको थियो। यसरी बर्षिने दुर्घटनाबाट मृत्यु हुनु, घाइते भई अंगभङ्ग हुनु परिवार ,समाज र राष्ट्रलाई ठुलो नोक्सान हुँदै आएको पाइन्छ । सडक संजाललाई चुस्त दुरुस्त राख्नु पर्छ।मर्मत सम्भार र सुरक्षाको नीति अबलम्बन गरिनु पर्छ। दुई बर्षमा सम्पन्न गर्छु भनेर सम्झौता गरेको आयोजना निर्माण व्यावसायिले दसकौ सम्म कार्य सम्पादन नगर्दा पनि सरकार तैँ चुप मैँचुपको रहदै आएको छ ।  त्यस्तै सबै भन्दा सुरक्षित सेवा अन्र्तगत हवाईयात्रालाइ मानिन्छ । तर नेपाली आकाशमा हवाई दुर्घटनामा न्युनिकरण हुन सकेको छैन ।

सार्बजनिक खरिद नियमावली:
नेपालमा सार्बजनिक खरिद नियमावलीको नीतिनै समय सापेक्ष छैन। गुणस्तर हिन निर्माण सामग्री प्रयोग गरि बनाइएका आयोजना सम्पन्न भएको बर्ष दिन पनि टिक्दैन। ३५- ५० प्रतिशत बिलो [कम मुल्य ] मा पेरेको आयोजना त्यस माथि पियन देखि मन्त्रीसम्म व्यावसायीले प्रतिशतको आधारमा भाग पुर्याउनु पर्ने वाध्यता रहिआएको छ ।

भ्रष्टाचार र कमिशनतन्त्र :
मुलुकमा मौलाउँदै गरेको भ्रष्टाचार र कमिशनतन्त्रका कारण छोटे राजाहरुवीच लुट्ने प्रतिस्पर्धा नै चलेको अवस्थालाइ हेर्ने हो भने तत्कालीन पूर्ब प्रम स्व डा .के.आई सिंहले भनेका थिए – लथालिङ्ग देशको भताभुङ्ग चाला,जजस्ले सक्ला उसैले खाला१ देशको परिस्थिति त्यस्तै बनेको छ ।  गिरिजा ,लोकेन्द्र,देउवा ,सुशील,ओली ,माकुने,बाबुरामहरुले त भ्रष्टाचारीलाई कारबाहीको नाम समेत लिएनन। अर्थात सिन्को भाचेनन। सत्ताको जोड घटाउमै आफ्नो कार्यकाल सकाए र कार्यकर्तालाई पक्ष पोषण गरे।तर मुलुकको ३९ औं प्रधानमन्त्रीको दर्जानीमा आएका प्रधानमन्त्रीमा  प्रचण्डले तेस्रोपटक बहाल भए पछि चुनाबी प्रतिबद्धता मुताबिक अन्तिम कार्यकालमा केही हिम्मत गरेपनि तार्किक निष्कर्षमा पुग्न् सकेका छैनन । उनको यो कार्यकालमा अर्थतन्त्र अस्तब्यस्त छ,व्यावसायी पलायन हुँदै छन,महँगीले जनताको चुलो बल्न धौधौको अवस्था बन्दै छ ।  मिटर ब्याजी पीडित ,सहकारी पीडित,गौर हत्या काण्ड पिडितका माग थाँती नै रहेका छन । यसवीचमा राजनितिक परिबर्तन भए उपलब्धि नेताहरुमै सिमित हुने प्रवृतिका कारण जनता सधै रणभुल्लमा रहन बाध्य भएका छन ।

सरकार नागरिकको अभिभावक हो ।सरकारले बनाएको कानुन सबैले मान्नु पर्ने हो तर जनतालाई सरकार पनि छ है भन्नेनै लाग्दैन। सबै पार्टीका कार्यकर्तामा , त भन्दा म के कम भन्ने भावका कारण छाडा साँधेको निति देखिदै आएको छ।  मानिसमा डर भन्ने चिज हुनै पर्छ नत्र समाज समाज रहदैन। अहिले सम्म समाजको अस्तित्व बचेकै धर्मले हो। धर्मो रक्षती रक्षित : नेपालका एकाध ब्यक्तिले धर्मको बारेमा खरो टिप्पणी गरेका छन। बिज्ञानको अगाडि धर्म रु देशको धर्म हुदैन आदि ।

यहाँ के बुझ्न् आवश्यक छ भने- बेद र गिताको अध्ययनपछि नै बिज्ञानको आविस्कार सफल भएको आविस्कारकहरुको स्वीकारोक्तिका वावजुद पनि देशको धर्म हुदैन भन्नेविद्धवानको लर्को पाइन्छ । बिश्वको ४५ भन्दा बढी मुलुकले आफ्नो राष्ट्रिय धर्मलाई अंगिकार गरेको पक्षलाइ नजर अनदाज गर्दै गर्दा कहिले सुर्यास्त नहुने देश भनेर चिनिएको बेलायतको पनि आफ्नो राष्ट्रिय धर्म रहेको पक्ष्मा उनिहरु वेखवर रहेको नाटक गर्छन । त्यसअर्थमा ८२ प्रतिशत सनातन धर्मावलम्बीको वाहुल्यता रहेको नेपाललाई बिश्वको एक मात्र हिन्दु राष्ट्र बनाउदा हानी भन्दा फाइदासंगै सबैको शिर उचो हुनेछ।भन्ने सबैलाई चेतना भया।

प्रस्तुत विचार लेखकको नितान्त निजि विचार हो – स