बिहिबार, बैशाख २७, २०८१

आज समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं भाद्र ४,
सत्तारुढ नकेपा माओवादी सहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ । यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएपछि आज बिहान साढे ७ बजे बस्न लागेको एकीकृत समाजवादीले जनाएको छ    ।

 एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा सरकारका गतिविधि, मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफलसंगै मोर्चाको आवश्यकता औचित्य जनवृतमा लैजाने लक्ष्उ अनुरुप उक्त बैठकले सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने तयारी रहेको थाहा भएको छ।

गत असार ४ गते गठन गरिएको मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पार्टी रहेका छन ।