आइतवार, जेष्ठ ६, २०८१

चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा

 काठमाडौ वैशाख २५,
चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा  बुधवार  नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा विशेष मेला लाग्ने भएका कारण सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी  दिनुभयो ।

नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै बुधवार चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुने भएकोछ ।