आइतवार, जेष्ठ ६, २०८१

सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन

काठमाडौ वैशाख २५,
वैशाख २८ गतेबाट सुरु हुने सदन बैठक सुचारुको लागि सहजीकरण गर्न भन्दै सभामुख देवराज घिमिरेले आज वोलाउनुभएके सत्ता र विपक्षी पाँच दलको बैठक निष्कर्षविहीन भएको छ । बैठकमा सत्तारुढ तथा प्रतिपक्षी दलहरु आ आफ्नो अडानबाट तसमस नभएसंगै आजको बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको अडान कायमै रहेको जनाउ राखेको थियो।  तर सत्तारुढ साझेदारदलले व्यक्तिकेन्द्रित कांग्रेसको माग सम्बोधन गर्दै संसदीय छानबिन समिति गठनमा सहमत हुन नसकिने जनाउ दिएको थियो ।

त्यस्तै काँग्रस संसदीय दलका सचेतक रमेश लेखकले संविधान र कानुनभन्दा माथि कोही नरहेकाले छानबिन समितिबाट टुंगोमा पुग्नुको विकल्प नभएके भन्दै समिति गठनको माग कायमै रहेको बताउनुभयो ।

त्यस्तै बैठकमा सभामुख घिमिरेले संसदलाइ प्रभावकारी बनाउने र विना अवरोध अघि बढाउन दलहरु नै जिम्मेवार हुनुपर्ने भन्दै गर्दा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले आगामी संसद बैठकमा आफूले आफ्ना विषयमा उठेका विषयमा बोल्न पाउनु पर्ने मागसंगै प्रमुख प्रतिपक्षी कांग्रेससँग आग्रह गर्नुभएको समेत गर्नुभएको थियो ।