आइतवार, जेष्ठ ६, २०८१

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक

 काठमाडौ वैशाख २५,
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम रहेको जनाएको छ।

मंगलबार सभामुख देवराज घिमिरे र दलका शीर्ष नेताबीच भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा संघीय संसदको आगामी अधिवेशनबारे छलफल भएको र कांग्रेसले संसदीय छानबिन समिति गठन हुनुपर्ने मागलाई यथावत् राखेको जानकारी दिनुभएको हो ।

प्रमुख सचेतक लेखकले सरकार संघीय संसदको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारी बचतकर्ताको बचत रकम फिर्ता गर्न गम्भीर भएर लाग्नेमा आशावादी रहेको जनाउसंगै सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता रहेको देखिएपनि सत्तागोलचक्करका कारण सरकारले सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएको बताउनुभयो । त्यसअर्थमा अवको चरणमा सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर अघि बढ्नुको विकलप छैन उहाँले भने ।