बिहिबार, बैशाख २७, २०८१

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमवार

काठमाडौं भाद्र ३,
संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारबाट सुरु गर्ने भएकोछ ।

समितिको बैठकले सोमवार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै अर्थात ११ बजेबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध समितिमा तीनवटा उजुरी परेका छन् । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।