शनिबार, बैशाख १५, २०८१

कृष्ण मोक्ष र आनन्दको आश्रय

-भेषजंग बादल-

काठमाडौं असार २९,

भक्ति या श्रद्धा योगाभ्यासादिमा प्रवृत्ति हुँदैन । योगाभ्यासमा प्रवृत्त पुरुषको प्राण, मन र वृद्धि स्थिर हुन्छ । भक्तिद्वारा यो धारणा दृढ हुनजान्छ कि भगवान् या आत्माको विना हाम्रो अस्तित्व छैन । हाम्रो प्रभु नै सर्वभूतहरुमा अधिष्ठित छन्, यसप्रकारको धारणाको फलस्वरुप विश्वको सबै पदार्थहरुमा प्रभुको धारणा राख्नु सम्भव छ । भगवान्को विश्वरुप दर्शन हुँदामा पृथकरुप मा जगत्को वस्तुहरु या देहादिमा फेरि तयस्तो आसक्ति रहँदैन । यस अवस्थामा सर्वविषयहरुमा निर्लिप्तता उदित हुन्छ । निर्लिप्त भावले ज्ञानको उज्ज्वलताको वृद्धि हुन्छ तथा वृद्धि प्राप्त हुँदाहुँदै ज्ञानको चरम उत्कर्ष प्राप्त हुन्छ । पश्चात् स्वरुपमा अवस्थान हुन्छ । योगाभ्यासद्वारा साधक योगबलले विभूषित हुन्छ तथा योगबलले साधकलाई असाधारण दिव्यदृष्टि प्राप्त हुन्छ । दिव्यदृष्टिबाट विशुद्ध प्रज्ञाको उदय हुन्छ तथा त्यसबाट परमपुरुषको साक्षात्कार हुन्छ । पुरुषको ज्ञान भएमा भगवान्े वासुदेवको मायाशक्तिको प्रकृतस्वरुप अवगत हुन्छ । अनि जीव र जुन भगवान्सँग अभेद–भावले सम्बन्ध हुन्छ त्यसको ज्ञान पनि साधकलाई हुन्छ । यो ज्ञानद्वारा नै विष्णुको परमपद प्राप्त हुन्छ । भागवत्मा श्री नारदजी भन्नुहुन्छ –

 यैनैवाहं भगवतो वासुदेवस्य वेधसः ।
मायानुभावमविंद तेन गच्छन्ति तत्पदम् ।।

 जुन भगवत्ज्ञानद्वारा विश्वव्यापी वासुदेवको मायाको प्रभावले मैले जानेको छु त्यसै ज्ञानद्वारा विष्णुको परमपदको साक्षात्कार हुन्छ । तर जबसम्म माया हट्दैन तबसम्म जीवले आफुलाई सम्पन्न बुझ्न सक्दैन । माया निवृत्त भएमा साधले बुझ्दछ कि कुन प्रकारले भगवान्का अचिन्त्य मायाशक्तिले प्रभाववश पुरुषको कारण सूक्ष्म र स्थूल देहमय प्रकृतिको आविर्भाव तथा त्यसको क्रमशः विकास हुन्छ । गुणत्रयको विविध संयोगले नै यो अनन्त रुपमय जगत् प्रस्फुटित हुन्छ । यो वस्तुतः एकैको विविध परिमाण मात्र हो । गुणत्रयको कार्य–परम्पराले नै यो विविध दृश्य वस्तुहरु तथा पृथक भावादि अनुभूत हुन्छ । तर सबैको मूल त्यही एक वस्तु हो र त्यो एकले नै समस्त वस्तुहरु अभिन्न छन् । जबसम्म सबैको मुलस्वरुप यो एकमा हामी पुगन सक्दैनौ तबसम्म नानाङ्गव–दर्शन नष्ट हुँदैन । नानाङ्गव–दर्शन अज्ञानको अर्को नाम हो । श्रुति भन्दछिन् –

यदेवेह तदमुत्र यदमुत्र तदन्विह ।
मृत्योःस मृत्युमाप्नोति य इह नानेव पश्यति ।। कठ उप.।।

जो आत्मा – चैतन्य यो देह–पुरमा प्रकाशित छन्, त्यही आत्मा प्रकृतिको अतीतावस्थामा छन् । जो ब्रहमचैतन्य मायातीत भावमा विराजित छन् त्यही चैतन्य यो देहमा छन् । जो व्यक्तिले जो ब्रहमचैतन्यमा पृथक–पृथक भाव हेर्दछ अर्थात् अन्तःकरण या देहको भिन्नता के वश देहस्थित आत्मा र ब्रहमको भिन्नताको दर्शन गर्दछ त्यो मृत्युपछि मृत्युलाई प्राप्त हुन्छ अर्थात् उसको पुनः पुनः जन्म–मृत्युको अधीनमा रहनुपर्दछ ।

गुणत्रयले जीवलाई नानाङ्गव–दर्शन हुन्छ । सबै इन्द्रियहरु प्रकृतिको नै गुण हो । यी सदैव बाह्य पदार्थहरुलाई नै हेर्दछन्, अन्तरात्मालाई जान्न सक्दैनन् । बहिदृष्टिले यस्ता यति जड्ता आउँदछ कि यो स्थू्रल जड्भाव बाहेक अन्य तङ्गवहरुलाई बुझ्दैनन् । प्रकृतिजात इन्द्रियहरुको सेवा गर्दा गर्दा जीवलाई पनि यो जड्ता बद्धमूल हुन जान्छ र उसको अन्तरज्ञान आच्छादित हुन्छ । योबाट बच्नको लागि ज्ञानीजन आफ्नो प्रकृतिमा सङ्गवगुणको वृद्धिको लागि विशेष चेष्टा गर्दछन् । शास्त्रमा त्यसको लागि नानाप्रकारको नियम निर्दिष्ट भएको छ र जस्तमो गुणजनित आवरण र विक्षेप यति धेरै हुन्छ कि स्वरुप–दर्शन असम्भव हुन्छ ।

सत्य गुण पनि आवरत छ, तर ऊ यत्ति स्वच्छ छ कि उसबाट स्वरुप दर्शनमा विघ्न आउँदैन । स्वरुप–दर्शन भएमा अज्ञान जड्ता, प्रमाद आदि तमोभाव तथा लोभ कर्मचेष्टा विषयस्पृहा आदि रजोभाग पूर्णतः तिरोहित हुन्छ जो आत्मचैतन्य सर्वव्यापी छन् उसलाई पनिस रजस्तमोभाव पूर्णतः नहटि कदापि जान्न सक्दैनन् । रजस्तमोभावलाई पूर्णतः हटाउनको लागि नै ज्ञानीजन निष्काम भावले या भववदर्पितचित्तले कर्म गर्नु आवश्यक ठान्दछन् । क्रियाभ्यास नै सर्वापेक्ष उत्कृष्ट निष्काम कर्म हो । यो क्रियारुप निष्काम साधनाले नै परावस्थारुप ज्ञानमा स्थिति लाभ हुन्छ । यो स्थिति सुदीर्घ कालव्यापी हुँदामा साधकलाई जीवन्मुक्त गरिदिन्छ । योगाभ्यासरुप उपायद्वारा नै यो साध्य हुन्छ । रजस्तमको बाहुलय नै विशुद्ध सङ्गवको आवरक हो ।

जब बुद्धि सङ्गवरजस्तमद्वारा अभिभू्रत हुँदैन, अनि वैसारदी समाधिको उदय हुन्छ । यसद्वारा योगीलाई आत्मसाक्षात्कारजनित अध्यात्म प्रसाद पप्त हुन्छ । यसैलाई ऋतम्भरा प्रज्ञा भन्दछन् । यो प्रज्ञामा मिथ्याको लेशमात्र पनि रहँदैन । जसरी नदी उत्तीर्ण हुँदामा नौकाको आवश्यकता रहँदैन, त्यस्तै प्रकार क्रियाको परावस्थामा ज्ञेय–परमात्माको साथ निज आत्माको अभिन्नता प्रत्यक्षीकृत हुँदामा फेरि क्रियासाधनाको आवश्यकता रहँदैन । त्योभन्दा पहिले क्रिया त्याग गर्नु अति अनिष्कर हुन्छ । यही कुरा गीतामा श्री भगवान् कृष्णले अर्जुनलाई अनेक प्रकारबाट बुझाउने चेष्टा गरी बक्सेको छ । “न ऋते श्रान्तस्य सख्या देवाः” (ऋग्वेद) साधनाको श्रमदेखि जबसम्म आफूलाई परिश्रान्त गरिँदैन, तबसम्म कुनै देवताले सहायता गर्न सक्दैनन् ।

अठारौं अध्याय गीताको संक्षिप्त सार हो । यसमा गरेको आलोचनाले थाहा हुन्छ कि मनुष्य साधनामा जब सिद्धि प्राप्त गर्दछ त उसलाई आत्मसाक्षत्कार प्राप्त हुन्छ । यो कसरी प्राप्त गर्नुपर्नेछ, यो कुरालाई भगवान्ले १८ औं अध्यायमा ५० देखि ५४ श्लोकसम्म अर्जुनलाई सम्झाई बुझाई गरिबक्सेको छ । पहिले स्वकर्मद्वारा ईश्वर आराधनामा रत भएमा भगवत्कृपाले साधकको सर्वकर्म त्याग हुन्छ । क्रिया गरी जब क्रियाको परावस्थामा साधकलाई स्थिति प्राप्त हुन्छ, अनि त्यसको प्रसादले अन्तःकरण शुद्ध हुन्छ र विषय वासनादेखि चित्त उत्क्षिप्त हुँदैन । चित्त शुद्धि नै ज्ञानोत्पतिको योग्यता प्रमाणित गर्दछ । क्रियाको परावस्थामा जसको जति नै स्थिति हुन्छ, तदनुरुप ज्ञानोदय हुन्छ ब्रहमप्राप्ति या निःशेषरुप क्रियाको परावस्थामा स्थिति नै साधनानुष्ठानको या क्रियाको सर्वोत्कृष्ट परी समाप्ति हो । यसको लाग साधकलाई यो अभ्यास गर्न पर्दछ, (१) काम– मन– वचनलाई संयाम, (२) लघु आहार (३) निर्जन स्थानमा वास या जनसँगको त्याग, (४) दर्प, क्रोध र परपीडा– वर्जन तथा निरहंकार भएर सर्वदा योगाभ्यासमा लागि रहनु् अर्थात् ध्यान–धारणको अभ्यास गर्नु । यसले चित्त ममतारहित र शान्त हुनेछ । यसप्रकार योगी ब्रहमसाक्षात्कारको सामथ्र्य प्राप्त गर्दछ ।
ब्रह्मभूतयोगीको कुन चाहिँ लक्षण स्फूटित हुन्छ यो ५५ औं श्लोकमा भनिबक्सिन्छ –

भक्त्या मामभिजानाति यावान् यश्चास्मितत्वत् ।
ततो मां तत्वतो ज्ञात्वा विशतेतदनन्तरम् ।।

पराभक्तिद्वारा म अखण्डानन्द द्वैतरहित ब्रहमलाई साक्षात्कार हुनेछ । अनि प्रारब्ध कर्मको अवसान भएपछि (अज्ञानकार्य देहादिको निवृत्तिको साथसाथ) जसरी घटनाश भएका घटाकाश महाकाशसँग एकै हुन्छ, त्यस्तै उपाधिबाट मुक्त भएको साधक आत्मकारमा स्थिति लाभ गर्दछ । दर्पण भ.भएपछि जसरी प्रतिबिम्ब रहँदैन, त्यस्तै आत्माकारमा स्थिति साधकको सर्वोपाधिको क्षय हुन्छ ।
श्रद्धापूर्वक क्रिया गर्दा गर्दा जब मन विक्षेपशून्य स्थिर हुन्छ अनि चिताकाशको समस्त मलविधुत हुन जान्छ । अनि फेरि अर्को कुनै सत्ताको चिह्न पर्यन्त रहँदैन । सारा तङ्गव जब तङ्गवातित अवस्थामा विलीन हुन्छ । अनि निज स्वरुप सत्ताको प्रकृत ज्ञान हुन्छ । यो ज्ञान भए पनि फेरि ज्ञाता ज्ञेय र ज्ञानको अलग बोध हुँदैन, त्यसबेला सबै ब्रहम स्वरुप हुन्छ । “म को हुँ” यो जानेपछि ज्ञाता “म” ज्ञेय ‘म’ को भित्र लय हुन्छ । यही द्वैताद्वेतशुन्य चिद्घनानन्द रुप आत्मप्रत्यय हुन् यो क्रियाको परावस्थामा बुझिन्छ, यसको स्फुरण ईश्वरको इच्छाले हुन्छ । यसलाई बुझेमा जीवनको कर्म नष्ट हुन्छ । जबसम्म यो धारणा रहेको छ कि म कर्म गर्दछ, तबसम्म त्यो कमको शुभाशुभ फल मैले भोग्नु पर्दछ । जब यो बुझियो कि कर्म मेरो हैन, तब कर्म नाश भयो । तब फेरि कर्मले मलाई समस्त जकड्न सक्दैन । कर्म किन हुन्छ तथा ईश्वरलाई सबै कर्महरुको कर्ता या मालिक भनिन्छ यो कुरा क्रियाको परावस्थामा पुगेपछि बुझिन्छ ।

चेतसा सर्वकर्माणि मयी संन्यस्य मत्पर : ।
बुद्धियोगमुपाश्रित्य मच्चितः सततं भव ।।

जो ‘मत्पर’ छन् अर्थात् सर्वदा आत्मामा रहन्छन् त्यस्ताले थाहा पाउदछन् कि सबै कर्महरु ब्रहमले नै गरिरहेको हुन्छ । बुद्धियोगको आश्रय लिएपछि जो जानिन्छ अर्थात् क्रियाको परावस्थामा स्थिरचित (बुद्धियोगमुक्ती) योगी आफुमा नै रहन्छन् तर पनि सबै कर्म भई नै रहन्छ । ‘मच्चित’व भएमा यो चित्रमा फेरि संसार बीज रहँदैन अतएव संसारमा आवागमन या पुनः पुनः देशधारणरुप अशेष दुर्गति मेटिन्छ ।
यो अवस्थालाई प्राप्त गर्न सर्वप्राणीहरुमा स्थित ईश्वरको शरणागत हुनुपर्दछ । क्षिति, अप, तेज, मरुत, व्योम यी सबै सर्वभूत हुन् । यिनीहरुको स्थान देहस्थ मेरदण्डमा क्रमश मूलाधार, स्थाधिष्ठान, मणिपुर, अनाहत र विशुद्धाख्य चक्र हुन् । साधनाकालमा साधकले यसै मार्गबाट गमनागमन गर्नुपर्दछ । ईश्वर या परमात्मा सर्वप्राणीहरुको हृद्धेशमा या चक्रहरुको ठीक केन्द्रमा अवस्थित छन् । यसैले नै हामीलाई भूमि आदि पदार्थहरुको ज्ञान भईरहेको छ । यो ज्ञानद्वारा ने चित्त बहिर्मुख हुन्छ । तर मूलाधार आदि पञ्च चक्रहरुको भित्र ब्रहमाकाश (शुषुम्नाको भित्र बज्रा, ब्रजाको भित्र चित्रा तथा चित्राको भित्र ब्रहमाकोश) रहेको हुन्छ, तिनै ईश्वर हुन् । वहाँको नै शासनबाट चक्रमध्यस्थ तङ्खव आफ्नो आफ्नो कार्यमा सतत् लागिरहेको छ । जबसम्म क्रियाद्वारा ती चक्रहरुमा केन्द्रभूत ब्रहमनाडीको भित्र चित्त प्रवेश गर्दैन, तबसम्म ईश्वरको शरणागत हुन सक्दैनन् । जो यस प्रकार शरण ग्रहण गर्दछ त्यही भाग्यशाली पुरुष क्रियावान हुन् । त्यसैलाई ईश्वरको प्रसादले परम शान्ति प्राप्त हुन सक्दछ ।

प्रश्न हुन सक्दछ कि सूत्रधार जस्तो यन्त्रद्वारा पुतलीहरु आफ्नो इच्छाको अनुसार नचाउँदछ । ईश्वर पनि त्यस्तै सबै जीवहरुको हृदयमा अधिष्ठित भएर मायाद्वारा सांसारिक जीवहरुको स्वस्वकार्यमा प्रेरणा प्रदान गर्दछन् । जीवलाई स्वतन्त्रता छैन । यो कुरा सुनेर डर लाग्न सक्दछ, किनकि यस्तो दशामा मुक्ति प्राप्तिको चेष्टा जीवको लागि एक ठुलो विडम्बना हो तथा समस्त शास्त्रवाक्यहरुको पनि कुनै मूल्य रहँदैन । यसको उत्तर यो हो कि आत्मा स्वयं प्रकृतिको वशमा हुँदैन, ऊ मुक्त र सदा स्वाधित छन् ।

वहाँको मुक्त हुनुको कारण नै चित्प्रतिविम्बरुप जीवको मुक्तिप्राप्तिको इच्छा स्वाभाविक हुन्छ । त्यसैकारण प्रकृति चाहे कति ने प्रबल किन नहोस् जीवलाई आत्मानुसन्धानले अविरत गर्न सक्दैन । आत्मा नै जीवात्माको प्राण हो । यस प्राणले जीव कहिल्यै वियुक्त हुनेवाला हैन, तर मायावश देहेन्द्रियको प्रति वक्रदृष्टि हुनाको काराण जीव जीवले आफ्नो स्वरुपलाई बिर्सेका छन् । यो अवस्थामा जीव र परमातमा परस्पर र अरु अभिन्न छन् । जीव प्रकृतिको परवर हुन्छ यो साँचो हो, तर जीवलाई मुग्ध गर्ने प्रेरणा प्रकृति ईश्वरबाट नै प्राप्त हुन्छ । पुनः प्रकृतिको दासताले मुक्त हुने प्रेरणा पनि जीवलाई ईश्वरबाट नै प्राप्त हुन्छ ।

ईश्वर यतातिर जस्तो जन्म मृत्युको तरबाट रहित, सदा अच्युत र मुक्त छन् अर्कोतिर त्यस्तै प्रकार जीवरुपमा यो जन्म–मृत्यु, सुखःदुःखको अत्ताल तरोच्छावासबाट सदा स्पन्दित र विभीषिकामय हुन्छ । जीव अज्ञानवश जबसम्म बहिदृष्टि सम्पन्न रहन्छ तबसम्म ऊ प्रकृति परवश रहनेछ । तबसम्म यन्त्रको पुतलीजस्तो प्रकृतिको उपेक्षा गर्न सक्दैन । प्रकृतिको यो प्रेरणा पनि भगवत् शक्ति हो, अतः जुन सर्वतोभावेन भगवान्को शरणापनन हुन्छ यो भक्तयोगीले ईश्वरको प्रसादबाट संसार बन्धन छुट्न सक्दछ ।

यसको लागि ईश्वरर्लाइ उद्धेग हुँदैन र कुनै सङ्कल्प गर्नु आवश्यक हुन्छ । समुद्रको नजिक पुग्दामा घामबाट सन्तप्त व्यक्ति जसरी समुद्रको स्वाभाविक स्निग्ध वायुद्वारा सुस्निग्ध हुन्छ, त्यस्तै जो भगवान्को समीप पुग्दछ, ईश्वरमा स्थित स्वतः सिद्ध शान्ति पनि त्यस्तै प्रकार उसलाई संसार तापबाट विमुक्त गरिदिन्छ । भगवान्लाई यसको लागि कुनै सङ्कल्प गर्नुपर्दैन । यसको प्रमाण हो कि योगी जब क्रिया गरी क्रियाको परावस्थामा पुग्दछ, तब ऊ शान्ति लाभ गरी परितृत्त हुन्छ । यसलाई त्यसबेला वासना सङ्कल्प रहँदैन । क्रिायको परावस्थाको गहिरो स्वरुप नै मदनमोहन श्यामसुन्दर रुप हुन् । यो परावस्थामा जुन तृप्ति, जुन आनन्द हुन्छ यो आनन्द अरु कुनै वस्तुमा प्राप्त सम्भव छैन । ऊ साँच्चिकै साक्षात् मन्मथ–मन्मथ हुन् । वहाँनै पुरुषोत्तम नारायणको नित्य शास्वत् मूर्ति हुन् अतः वहाँ मोक्ष र नित्य अखण्ड आनन्दको एकमात्र आश्रय हुन् ।