बिहिबार, बैशाख २७, २०८१

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका लागि काठमाडौं

काठमाडौँ असार २९
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।  नेपाल भ्रमणको क्रममा सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल सरकारका उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी दूतावासका अनुसार विदेशमन्त्री लुले आजै दिउँसो ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम सके लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ ।

त्यसपछि आजै साँझ ६ बजे प्रमको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटगर्दै प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको जनाएको छ।