बिहिबार, बैशाख २७, २०८१

कोशी नदीमा पानीको बहाव बढेसंगै ब्यारेजका २२ वटा ढोका खोलियो

सिसुवा धरमपुर प्रहरी चौकी डुबानमा

काठमाडौं असार २९,

केहि दिनयता देखि परेको अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेको छ। आज कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७१ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएसंगै ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएको कोशी बहाव नियन्त्रण कक्षका सम्बद्ध अधिकारीकाले जनाएको छ।

 यसैवीच सुनसरी र मोरङबीच भएर बग्ने बूढीखोला, ट्याग्रा, सिंघिया, केसलीया, लोहन्द्रा गछिया बक्राहालगायतका खोलामा आएको बाढीका कारण भोक्राहा नरसिंह गाउँपालिका ८ मा रहेको सिसुवा धरमपुर प्रहरी चौकी डुबानमा परेको छ ।

अविरल वर्षाकै कारण विराटनगरमा डुबान परेको छ । मोरङ प्रहरी विराटनगरको पिपल चोक, कञ्चनबारी, शङ्करपुर, रानी, दरैया, जतुवालगायतको अधिकांश भूभाग डुबानमा परेको जनाएको छ । त्यस्ते सप्तकोशीको पुलबाट एउटा ट्रक नदीमा खसेको छ । ट्रकमा सवार तीन जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।