आइतवार, जेष्ठ ६, २०८१

आज देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं असार २९,
जल तथा मौसम विज्ञान विभागले देशभर हाल सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाउँदै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावनासंगै मधेश प्रदेश र लुम्बिनी प्रदेश अन्र्तगतका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको जनाएको छ