आइतवार, जेष्ठ ६, २०८१

आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती मनाइदै

 काठमाडौं असार २९,
आज आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मदिन विविध कार्यक्रम सहित भानु जयन्ती मनाइँदै छ । आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा गरेको योगदानको सम्मान स्वरुप आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको जन्मजयन्तीको अवसरमा माल्यार्पण,कविता वाचन सहितका कार्यक्रम मनाइदै गरेको हो ।

प्रश्नोत्तर माला, वधू शिक्षा, रक्त माला र राम गीता आदिकवि भानुभक्तका महत्त्वपूर्णकृतिका स्रष्टा आदिकवि भानुभक्तले नेपाली भाषा साहित्यमा गरेको महत्वपूर्ण योगदान संगै संस्कृत भाषामा लेखिएको लोकप्रिय ग्रन्थ रामायणलाई नेपाली लोकलयमा रुपान्तरण समेत गरेका छन ।

मुलत आदिकवि भानुभक्तले आफ्नो प्रश्नोत्तर’ कृति मार्फत मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने वधूशिक्षामा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।