शनिबार, बैशाख १५, २०८१

समाजमा नदेखिने अपराध : भ्रष्टाचार

 – ललित ध्वज खड्का-

  काठमाडौं माघ ११ , 

नेपालको इतिहासमै चतुर प्रधानमन्त्री कहलिएका जंगबहादुरको पाला देखिनै मुलुकमा   भ्रष्टाचार मौलाउदै आएको पाइन्छ। त्यसैको निरन्तरता हाल सम्म चली आएको छ । आज कुनै क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन। जताततै श्रृखलावद्ध रुपमा विस्तारित हुँदै आएको भ्रष्टाचारको सञ्जाल आज यत्र तत्र सर्वत्र ब्याप्त छ।  मुलुकका तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले घुस प्रथाको समाप्तिका लागि चालेका कदम जस्तै घुस लिने मात्र नभइ आफ्नो निहित स्वार्थका लागि घुस दिने व्यक्ति समेतलाइ कारवाही गरेजस्तै कठोर कारवाही गर्न सरकार पछि हट्नु हुँदैन ।

“तीनै तहको सरकार, नागरिक समाज, सञ्चार माध्यम, सामाजिक संघ संस्था एवम निकाय विचको सहकार्यमा एक अर्कामा दोषारोपण गर्ने प्रवृतिको अन्त्य गर्दै  सामूहिक जिम्मेवारीको वोध गर्दै  विद्यमान व्यवस्था र अवस्थाको यथार्थ मूल्याङ्कन गरी उपयुक्त विकल्पको कार्यान्वयन गर्दै बढ्दो भ्रष्टाचारको जालोलाइ सहजै तोड्न सकिन्छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन भन्ने मानयता अनुरुप भ्रष्टाचारीलाइ हदैसममको कारवाही गर्दै  पछिल्लो समय  भ्रष्टाचारको शुरवाती चरण अन्र्तगत  राजनितिलाइ   सेवा  भन्दा पनि  पेशाको रुपमा  स्वीकार गर्दै आएका  नेतागणलाइ कारवाहीको दायरमा ल्याउँनुको विकल्प छैन ।  सुशासन माथिबाट तल प्रवाह हुन्छ। राजनीतिक नेतृत्वले सुशासनको अगुवाइ, सुनुवाइ र संयोजन गर्नैपर्ने हुन्छ। 

निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गर्ने प्रवृति होस वा सार्वजनिक ओहोदा बस्दा व्यक्तिगत फाइदाको निमित्त गर्ने सार्वजनिक हैसियतको दुरूपयोगको पर्यावाची शब्दको रुपमा मौलाउदै आएको भ्रष्टाचार कर्म रोक्न लागि  कार्यकर्ताको आवरणमा रहेका कर्मचारी  जसले   नेताहरुमार्फत आर्थिक ब्रम्हलुटकै लागि   यातायात ,निर्माण ,भन्सार बिभाग ,विद्युत प्राधिकरण , टेलिकम,राजस्व अनुसन्धान ,जिल्ला प्रशासन कार्यालय, मालपोत ,स्वास्थ्य ,शिक्षा ,सडक ,सिचाई लगायतका निकायमा  जान  गर्ने अनेकन तिकडम  र भनसुनवादको   अन्त्य   गर्न सकेमात्र पनि  विस्तारित   भ्रष्टाचारको सञ्जाललाइ विराम दिन सकिन्छ ।  

”राजनितिलाइ   सेवा  भन्दा पनि  पेशाको रुपमा  स्वीकार गर्दै आएका  नेतागणलाइ कारवाहीको दायरमा ल्याउँनुको विकल्प छैन ।  सुशासन माथिबाट तल प्रवाह हुन्छ। राजनीतिक नेतृत्वले सुशासनको अगुवाइ, सुनुवाइ र संयोजन गर्नैपर्ने हुन्छ। 

 अपवादका रुपमा रहेका एकाध नेता र राष्ट्रभक्त कर्मचारी वाहेक प्राय सबैमा जस्को शक्ति उस्को भक्ति , मै खाउ मै लाउ भन्ने भावना रहेकै कारण देश आज ऋणमा चुर्लुम्म डुबेको यथार्थमा रुमलिएको  हाम्रो मुलुकमा  विस्तारित   भ्रष्टाचारको  जालो तोड्न     पानीको मुल सफा नभैइ पाइप लाइन शुद्ध हुन्न भन्ने सास्वत सत्यलाइ मनन गर्दै भ्रष्टाचार नियन्त्रणका लागि कडा भन्दा कडा कानुन् बनाई लागू गर्नुपर्छ। सम्पत्ति शुद्धीकरण र अख्तियार अनुसन्धान आयोगमा कर्मठ इमान्दार ब्यक्तिलाई स्वतन्त्र ढंगले काम गर्ने बाताबरण बनाई सहजीकरण गर्न अव विलम्व गर्नु हुँदैन

 भ्रष्टाचार समाजको नदेखिने अपराध हो र यसबाट राज्य आतंकित बन्छ। त्यअर्थमा भ्रष्टाचार र भ्रष्टाचारीलाई जरै देखि उखेलेर नफाले सम्म देश बन्न सकदैन ।  स्थानीय तह ,मन्त्रालय देखि लिएर राजनैतिक तह सम्म मौलाउँदै आएको भ्रष्टाचारको श्रृखलालाइ समाप्त पार्न सरकारले तत्काल     शिक्षा र स्वास्थ निशुल्क गरिनुपर्छ र बेरोजगार युवाहरूलाई आत्मनिर्भर हुने शिपमुलक तालिम दिई युवाशक्तिलाइ बिदेश पलायन हुनबाट रोक्ने नितिगत व्यवस्थाको  कार्यान्वयन गर्नुपर्छ  । तीनै तहको सरकार, नागरिक समाज, सञ्चार माध्यम, सामाजिक संघ संस्था एवम निकाय विचको सहकार्यमा एक अर्कामा दोषारोपण गर्ने प्रवृतिको अन्त्य गर्दै  सामूहिक जिम्मेवारीको वोध गर्दै  विद्यमान व्यवस्था र अवस्थाको यथार्थ मूल्याङ्कन गरी उपयुक्त विकल्पको कार्यान्वयन गर्दै बढ्दो भ्रष्टाचारको जालोलाइ सहजै तोड्न सकिन्छ ।