आइतवार, बैशाख २३, २०८१

थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा थप १५ शैयाको नयाँ भवन बन्दै

 डायलायसिस सेवा सञ्चालनका लागि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्टबीच द्विपक्षीय  सम्झौतमा हस्ताक्षर

 काठमाडौं माघ १२ , 

चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलायसिस सेवा सञ्चालनमा  ल्याइने भएको छ । डायलायसिस सेवा सञ्चालनका लागि    चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्टबीच आगामी छ महिना भित्रनै सेवा सुचारु गर्नका लागि बुधबार द्विपक्षीय  सम्झौतमा   हस्ताक्षर सम्पन्न भएको हो ।

 चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ शैयाको सो अस्पतालमा  यसअघि  प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रवाह भइरहेको  छ ।

अस्पतालको सेवाका विषयमा जानकारी दिदै नगरप्रमुख घनश्याम गिरीले मन्त्रिपरिषद् बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेसंगै प्राथमिक अस्पतालको परिसरमा नगरपालिकाले थप १५ शैयाको अस्पताल बनाउन  तयारी गरेको  बताउनुभयो ।

त्यस्तै उहाँले कर बाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा बन्ने तीन तल्ले भवनको शिलान्यास समेत भइसकेको दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।