आइतवार, बैशाख २३, २०८१

महानगर वडा न ७ मा पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष [नागरिक सभा] कार्यक्रम

 समन्वयका लागि संघ र प्रदेश सभा सदस्यलाई आमन्त्रण

काठमाडौ माघ १२ ,
काठमाडौँ महानगरपालिकाको वडा नं. ७ ले पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ ।  वडाध्यक्ष विमलकुमार होडाले कार्यक्रमका विषयमा जानकारी दिँदै सरकारका प्रतिनिधि र स्थानीय सँगै रहेर वडामा भएका पूर्वाधार निर्माणका कामको निरीक्षण गर्नु, यसको प्रभाव र अभावका विषयमा लाभग्राहीका कुरा सुन्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

साथै उहाँले वडामा महानगर केन्द्र, वडा कार्यालय, संघ तथा प्रदेश सरकारको योजना तथा बजेटबाट योजना सञ्चालन तथा सम्पन्न भएका ‘विकास निर्माणका विषयमा टोलबासीका कुरा सुन्छौँ । उहाँहरुबाट आएका गुनासालाई आगामी कार्यक्रममा समेट्ने प्रयास अनुरुप यसकिसिमको कार्यक्रम तय गरेको बताउनुभयो ।

त्यस्तै आजको कार्यक्रममा रुद्रेश्वर उद्यान, रुद्रेश्वर मन्दिर, गंगाहिटी प्रवेश मार्गको निरीक्षण तथा शिव पाञ्चायन मन्दिरसँगैको खुला क्षेत्रको व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल गरिएको जानकारी दिदै वडाध्यक्ष होडाले सार्वजनिक शौचालय सहित रुद्रेश्वर उद्यान निर्माण गरिएको जानकारी दिनुभयो ।

साथै वडाध्यक्ष होडाले वडाभित्र महानगरले जारी गरेको टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०८० को व्यवस्था अनुसार वडामा क्रियाशील ३० वटा टोल सुधार तथा उपभोक्ता समितिलाइ टोल विकास संस्थामा रुपान्तरण गर्दै वडाको मध्यमकालीन र दीर्घकालीन विकासका लागि पञ्चबर्षिय योजना तर्जुमा कार्यक्रमहरु भइरहेको जानकारी दिनुभयो ।

यसैवीच आज  संघीय संसद गगनकुमार थापा, प्रदेश सभा सदस्य मीना पराजुलीसमेतलाइ आमन्त्रण गरिएको   कार्यक्रममा, वडा सदस्यहरु, टोल सुधार समिति, उपभोक्ता समिति, क्लव तथा संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो ।  त्यसअवसरमा   आमन्त्रित संघीय  सांसद थापा लगायतले  वडामा वडामा नवनिर्मित पूर्वाधारको निरिक्षण समेत गर्नुभएको थियो ।