शुक्रबार, बैशाख २८, २०८१

पूर्व अर्थमन्त्री अधिकारीको निधन, श्रद्धाञ्जलिका लागि पार्थिव शरीर मध्याह्न १२ बजेसम्म धूम्रबाराहीमा राखिने

काठमाडौं फागुन १९,  पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री एवा् पाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको ८२ वर्षीको उमेरमा शनिबार राती ह्याम्स अस्पतालमा निधन भएको छ । नेता अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।अस्पतालले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता अधिकारीको स्वास्थ्य   अवस्थाको जानकारी गराउँदै उहाँलाइ बचाउँन सक्ने अवस्था ज्यादै न्यून भएको जनाउ दिएका थिए ।

यसअभि मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि नेता अधिकारीलाइ माघ २४ गते उनलाई ह्याम्स अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । यद्यपी यसवीचमा पनि उहाँको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि विगत १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

त्यस्तै नेता अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आज बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाको कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।