शुक्रबार, बैशाख १४, २०८१

पूर्व उपप्रधानमन्त्री अधिकारीको पछिल्लो स्वास्थ्य अवस्था क्षण प्रतिक्षण नाजुक : ह्याम्स अस्पताल

काठमाडौ फागुन १८, लामो समयदेखि छातीको संक्रमणबाट पीडित पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पछिल्लो २४ घण्टादेखि स्वास्थ्य अत्यन्तै नाजुक रहेको ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले पूर्प उपप्रम अधिकारीका सवालमा अनेकन चर्चा परिचर्चा सुरुभएसंगै उहाँको पछिल्लो स्वास्थ्य अवस्थाको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व उपप्रम अधिकारीको अवस्था अत्यन्त नाजुक रहेको जनाएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा अधिकारीको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको जनाउँदै छन्। २४ घण्टादेखि पिसाव समेतबन्द भएको कारण
बचाउन सकिने संभावना न्यून रहेको यद्यपी उहाँलाइ भेन्टिलेटरमा राखी उपचार भइरहेको अस्पतालले जनाएको छ।

साथै उपचारको क्रममा अधिकारीलाइ बचाउनको लागि सम्पूर्ण प्रयास गर्दापनि बचाउन सक्ने सम्भावना । क्षण प्रतिक्षण न्यून हुँदै गएको रहेको अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।