आइतवार, बैशाख १६, २०८१

देशभरकै मौसम बदलीः केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं फागुन १९, मौसम विज्ञान पूर्वानुमान महाशाखाले देशभरकै मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

शनिबार रातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरीकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमवारबाट भने मौसममा सुधार आउने संभावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।