शनिबार, बैशाख २९, २०८१

काठमाडौं उपत्यकामा २ सय १६ जना सहित ६ सय ३४ संक्रमित थपिए,छ वर्षीया बालिकासहित ९ जनाको मृत्यु

काठमाडौं भाद्र ६ ,

देशभरका विभिन्न प्रयोगशालामा १२ हजार पाँच सय १९ वटा नमुना कोभिड परीक्षणको क्रममा नया ६ सय ३४ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमध्ये काठमाडौं उपत्यकामा २ सय १६ जना संक्रमित थपिएको र तीमध्ये काठमाडौंमा १ सय ६० भक्तपुरमा ५० र ललितपुरका ६ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २६ संक्रमित संक्रमणमुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको जानारीदिदै पछिल्लो जानकारी अनुसार गएको २४ घण्टामा छ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरूष त्यस्तै सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष रहेको मन्त्रालयले जनाएको छ । योसँगै ने संक्रमणवाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ

त्यस्तै देशभर १२ हजार ६ सय २१ जना संक्रमित आइसोलेसनमा र ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसन र ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा रहेको जनाउदै मन्त्रनलयले संक्रमितमध्ये १२ जना सघन उपचार कक्षमा उपचार भइरहेको बताएका छन ।

पछिल्लो २४ घण्टामा छ वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरूष छन् । त्यस्तै सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूषको पनि कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।