शनिबार, बैशाख २९, २०८१

मिडिया क्षेत्रलाई मर्यादित बनाउने लक्ष्य सहित संशोधित पत्रकार आचारसंहिता २०७६ जारी

काठमाडौं असोज ६, पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) आजदेखि जारी भएको छ । आज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गर्नुभएको हो ।

प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्धेश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारसंग चरण चरणको छलफल, अन्तक्र्रिया पछि प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको हो ।

आचार सहिता घोषणा सभामा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्नसक्ने बताउँनु भएको छ। साथै उहाँले जारी आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको हुदाँ त्यसको कार्यान्वयनमा जोड दिनुपर्नेमा जोड दिनु भएको छ ।

यस्तो छ संशोधित पत्रकार आचासंहिता

त्यस्तै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तिब्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताउनुभयो । उहाँले पत्रकारकै कमीकमजोरीको कारण धेरै प्रकारका कानुन बनेको बताउदै सबै सञ्चारकर्मी मर्यादित बन्न आवश्यक रहेको उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा काउन्सिलका सदस्य गोपाल बुढाथाकी पत्रकार महासंघका सचिव एवम् आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चार माध्यमहरुको विकाससंगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको र पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सधै सत्य तथ्य सूचना प्रवाह गर्न आचारसंहिता कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।