बिहिबार, बैशाख १३, २०८१

आज विविध कार्यक्रम सहित ४०औं सामाजिक सेवा दिवस मनाइदै

काठमाडौ असोज ६,  आज सुखी र समृद्ध राष्ट्रिय सोच समाज विकास हाम्रो अठोट भन्ने मुलनारा सहित ४०औँ सामाजिक सेवा दिवस विविध कार्यक्रम सहित मनाइदै छ ।

गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरूको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कृत गर्दै दिवस मनाउँदै आएको जनाउँदै महिला, बालबालिका तथा सामाज कल्याण मन्त्रालयले सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई रु एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार प्रदान गरिने जानकारी दिएको छ ।

सोमबार भृकुटिमण्डपमा उपराष्ट्रपति नन्दबहादुर पुनको समेतको सहभागितामा मनाइने प्रस्तुत दिवसको क्रममा बिहान ७ः३० बाट ८ः३० बजेसम्म भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम सहित शुभारम्भ हुने दिवसको मुलत लक्ष भनेको समाज सेवाको क्षेत्रमा सेवाभावको अभिप्रेरणा जागृत गर्दै मन, बचन र कर्म सहित लाग्न नागरिक समुदाय र संघ सस्थालाइ आकर्षित गर्नु रहेका मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।