सोमवार, बैशाख १७, २०८१

क्रिस्टमस ईभमा आर्टिस्ट नेपालको फेसन शो

काठमाडौं पुस १० , आईतबार साँझ टेकु स्थित मसला कटेजमा आर्टिस्टनेपाल डटकम ले क्रिस्टमस ईभमा “मेरी क्रिस्ट्मस फेशन शो” को आयोजना गरेको छ । कार्यक्रममा ३ जना डिजाईनरले तयार पारेको बिभिन्न आकर्शक डिजाईन अन्र्तगत पार्टी वेयर, हट एन्ड क्याजुयल र ब्राईडल गरी ३ वटा सिकोइन्समा सम्पन्न गरिएको थियो ।

 उक्त शोमा बुटिक मृगतृष्णा फेसन हाउस, अईम्स हाउस बुटिक एण्ड फेशन स्टोर र पबित्रा मगरका आकर्शक डिजाईनहरु रहेको आर्टिस्ट नेपाल नेटवर्कमा सञ्चालक नब ढुंगेलले जानकारी दिनुभयो । शोमा अहिले सम्मकै उत्कृष्ट डिजाईनहरु प्रस्तुत गरिएको थियो । सोको लागि डिजाईनर तृष्णा गुरुङले ब्राईडल सेट  ,अर्की डिजाईनर मनिता थापाले  क्रिस्टमस थेम गाउन  तयार पारेकी थिईन । चने   डिजाईनर पवित्रा मगरले भने क्याजुयल तयार पारेकी थिईन । फेशन शोमा १ दर्जन मोडेलहरुले र्‍याम्पमा क्याटवाक गरेका थिए। बिभिन्न मोडेल

तथा सेलिब्रेटीहरुको रोजाईनमा परेका डिजाईनरका डिजाईनमा मोडेलहरु झन आकर्शक देखिएका थिए । चर्चित मोडेल बिपना थापाको कोरियोग्राफी रहेको ‘सो’ मा चर्चित मेकअप आर्टिस्ट चन्द्र गुरुङको मेकअपमा मोडेलहरु सजिएका थिए ।

कार्यक्रममा गायक सिताराम पोखरेल , हास्यकलाकार महादेव त्रिपाठी, नायिका एबं गायिका बबी रोजा ढकाल लगयतका कलाकारको प्रस्तुती रहेको थियो । सो को संचालन सरु महर्जनले गरेकी थिईन । फेसन शो लाई सफल पार्न सहयोग गर्ने ब्यक्तित्वहरुलाई आयोजकको तर्फबाट टोकन अफ लभ प्रदान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।