शुक्रबार, बैशाख १४, २०८१

पहिलो मिस सिन्धुलीको ताज सेन्जललाइ

मिस नेपालमा सहभागी बन्न पाउने

काठमाडौं पुसर १९,   ग्ल्यामरस नेपालद्दारा आयोजित पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् । सिन्धुली क्याम्पसकी विविएसकी विद्यार्थी श्रेष्ठको बैंकर बन्ने लक्ष छ । उनी संगीत, मोडलिङ र घुमफिरमा रुची राख्छिन् ।  त्यस्तै प्रतियोगिताको उपाधी फस्ट रनरअप इशा श्रेष्ठले  र सेकेन्ड रनरअप आस्थाकिरण मगरले र थर्ड रनरअपको उपाधी सोनु महतले हात पारेकी छिन ।

त्यस्तै प्रतियोगिताको सव टाइटलतर्फ बेस्ट ट्यालेन्ट अवार्ड आस्थाकिरण मगर, बेस्ट पफमेन्स सोनु महत, बेस्ट डिसिप्लेन सुष्मा तामाङ, बेस्ट प्रर्सनालिटी अवार्ड आर्जु पाण्डे, मस्ट कन्फिडेन्ट, ब्युटिफुल स्माइल, अडियन्स च्वाइस आवार्ड सृष्टि स्याङ्बा, बेस्ट फ्रेन्डसीप/मस्ट ग्ल्यामरस  अवार्ड अनुसा श्रेष्ठ, बेस्ट फोटोजेनिक/ब्युटिफुल वाक सेन्जल श्रेष्ठ, ब्युटिफुल फिगर/ब्युटिफुल स्कीन इशा श्रेष्ठ र ब्युटिफुल हेयर सुजिता लोक्चानले जितेकी छिन ।
प्रतियोगितामा पत्रकारद्दय लीलानाथ घिमिरे, दिपक श्रेष्ठ त्यस्तैगरि कलाकार प्रकाश घिमिरे, गायिका प्रशन्ना पाण्डे र जेसिआइ सिनेटर सुशिलबाबु श्रेष्ठ निर्णायक थिए । मिस सिन्धुली बिजेताले मिस नेपालमा सहभागीता जनाउन पाउने छन् । बिजेता उपबिजेता प्रतिस्पर्धीले विभिन्न आकर्षक गिफ्टह्याम्परहरु दिइएको आयोजक ग्ल्यामरस नेपालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।