बिहिबार, चैत्र १५, २०८०

लामाको शैलुङ महबर सार्वजनिक

काठमाडौं पुस २१ , युवा गायक जगत लामाको नयाँ नेपाली लोक पप गीत “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  घिसिङको लोक पप गीत “शैलुङ महबर” म्यूजिक भिडियोलाई युट्यूव च्यानल म्युजिक प्लस नेपाल मार्फत सार्वजनिक गरिएको हो । तामाङ भाषाको गीत “तेमाल ग्याम्से ” को अपार सफलता पछी “सिमलको भुवा” हुँदै अहिले यो भिडियो बजारमा आएको हो । धर्म बज्र लामाद्वारा निर्देशित यस भिडियोमा मोडल जगत घिसिङ, सिमा थिङ र मनु थापाको अभिनय रहेको छ ।

विल्कुलै फरक धारमा निर्मित “शैलुङ महबर” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार लामाको संगीत तथा स्वर रहेको छ । त्यस्तैगरी साङगे लामा ब्लोनको शब्द र बाबु घिसिङ तामाङको एरेञ्जरमा पेमा मान सिहले सम्पादनमा सुलव दवाडीले छायांकन रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।