शनिबार, बैशाख १५, २०८१

दर्शकको माया समेट्दै फिल्म ‘अगस्त्यः च्याप्टर १

सुरक्षा भट्टराइ / काठमाडौ चैत ७,

 डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति अन्र्तगत गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शन भइरहेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत फिल्म चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको छ ।

पत्रकार सम्मेलनमा सौरभ चौधरीको निर्देशन रहेको केहि कमजोरीका बाबजुद पनि फिल्म अगस्त्यः च्याप्टर १ आलोचना र तारिफकावीच चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा भएको बताए । ‘साथै निर्देशक चौद्यरीले ‘फिल्म निर्देशनको क्रममा रहेका कमीकमजोरीलाई आगामी दिनमा सुधार्दै जाने प्रण समेत अभिव्यक्त गरे ।

त्यस्तै निर्माता अनिश तामाङले कुनै पनि परीक्षामा सय नम्बरमा सय नै अंक आउनु असम्भव रहेको जनाउँदै आफ्नो फिल्मलाई दर्शकले दिएको अंकले खुशी भएको जिकिर गर्दै ‘म र टिमका लागि यो ठूलो उपलब्धि हो । हाम्रो फिल्मले अहिले राम्रो पिकअपका साथ दर्शकको साथ पाइरहेको बताए ।

साथै उनले आफ्नो टिमले चाँडै नै ‘अगस्त्यः च्याप्टर २’ निर्माणको तयारी गरिरहेकाले ‘अगस्त्यः च्याप्टर १’मा भएका कमी कमजोरीलाई सुधार्दै अझ परिस्कृत कथा नयाँ भागमा समेटिने जनाउसंगै निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा समेत गरेको छ ।।

अभिनेता सौगात मल्लले फिल्म प्रमोसनका लागि मोफसलका थिएटर र दर्शकमाझ पुग्दा त्यहाँ पाएको साथ र सहयोग आफ्ना लागि ‘सर्पोटिभ’ भएको बताउँदै गदाए अभिनेत्री मलिका महतले दर्शकले फिल्म प्रति दिनुभएको माया र साथप्रति आभार व्यक्त गर्दै आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् ।

त्यस्ते फिल्ममा ‘त्रिपाठी’ चरित्र निर्वाह गरेका अभिनेता प्रमोद अग्रहरि चलिरहेको फिल्म भन्दा ‘अगस्त्यः च्याप्टर १’ अब्बल बनेको भन्दै ‘दर्शकले आफ्नो बोल्ने शैली, गेटअप र प्रस्तुतिलाई धेरै मनपराएको आफ्नो अनुभव सुनाए ।

सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत रहेको छ ।