मङ्लबार, जेष्ठ १, २०८१

इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं

  काठमाडौं वैशाख १६ ,

इलाम निर्वाचन क्षेत्र नं २ मा शनिवार सम्पन उपनिर्वाचनको मत गणनाको क्रममा दुई ठूला दल एमाले र नेपाली काग्रेसवीच नै मुख्य प्रतिस्पर्धा
देखिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार उच्च सुरक्षाबिच इलामको गौतमबुद्ध सभाहलमा जारी मतगणनाको क्रममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दैगर्दा कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिदै गर्दा स्वतन्त्र उम्मेदवार डिकेन्द्र थेगिमले ७ सय ८४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ५ सय ६१ मत प्राप्त गरेको थाहा भएको छ। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पूर्व सभामुख समेत रहेका एमाले नेता स्व सुभाषचन्द्र नेम्वाङले काँग्रेस उम्मेदवार डम्बर खडका १ सय १४ मतले मात्र पराजित गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु