शुक्रबार, जेष्ठ ४, २०८१

अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह

 काठमाडौं वैशाख १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै वायु प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर हिँडडुल नगर्न आग्रह गर्नुभएको हो।

तराईमा तातो हावा र लू लाग्ने उच्च सम्भावना भएकोले तातो हावा लाग्ने समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न आग्रह गर्नुका साथै झोलिलो पदार्थको पर्याप्त मात्रामा सेवन गर्न डा। बुढाथोकीले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।

त्यस्तै विश्वभर वायु प्रदूषण मापन गर्ने एक्युआई अनुसार काठमाडौँको वायु विश्वकै अस्वथकर रहेको जनाउसंगै विज्ञप्तिमा पछिल्लो समय बढ्दो वायु प्रदूषणबाट बच्न घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत मन्त्रालयले सबैमा आग्रह गरेको छ।

साथै पाँच वर्ष मुनिका बालबालिका, गर्भवती दीर्घरोगी, वृद्धवृद्धा यसको जोखिममा पर्नसकन्े जनाउसंगैवायु प्रदूषणले मुटु तथा रक्तनली,फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा पर्ने असर उच्चर रहेको समेत जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु