बिहिबार, जेष्ठ ३, २०८१

इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै

 काठमाडौं वैशाख १७,

प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा शनिवार भएको उपनिर्वाचनको मतगणनाको परिणाम आउँने क्रम जारी रहेको छ । मतगणनाको प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १८ हजार १९६ मत प्राप्त गर्दैगर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत प्राप्त गर्नुभएको छ ।

यसवीचमा नेम्वाङले प्राप्त गरेको मतसख्या अनुसार कांग्रेसका उम्मेदवार खड्कालाइ पाँच हजार ८५७ को फराकिलो मतान्तरमा पछाडि पारेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ३३६ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना अझै जारी रहेको छ ।