सोमवार, जेष्ठ ७, २०८१

जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्चले दियो सन्दीपलाई करणी मुद्दामा सफाइ

लामिछानेलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय 

काठमाडौं जेठ २,

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले आज जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको भएपनि त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनमाथि हिजो सुनुवाइ नसकिएपछि आज पनि निरन्तरता दिइएको हो ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबरजस्ती करणीको आरोपमा २०७९ भाद्र २१ मा प्रहरीमा दर्ता भएको जाहेरीसंगै लामिछाने अनुसन्धानको दायरामा आएको थियो । त्यसलगत्तै भाद्र काठमाडौ जिल्ला अदालतको अनुमतिमा असोज २० त्रिभुवन विमानस्थलबाटै उनलाइ पक्राउ गरिएको थियो ।

 अनुसन्धानको क्रममा काठमाडौं जिल्ला अदालतले लामिछानेको सजाय निर्धारण गर्दै ८ वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।  अदालतले पिडित भनिएकी गौशाला २६ को उमेर, सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा सन्दीप लामिछानेलाई   ८ वर्ष कैद, दफा २१९ [३] [क] [ग] बमोजिम ३ लाख जरिवाना हुने ठहर गरेको थियो ।

तर काठमाडौं जिल्ल अदालतको फैसलाविरुद्ध सन्दीपले आफू निर्दोष भएको र किशोरीमाथि जबरजस्ती करणी नभएकाले सफाइ पाउनुपर्ने दाबीसहित २०८० फागुन ११ गते उच्च अदालत पाटनमा पुनरावेदन गरेको हो । उच्च अदालत पाटनबाट सफाइ पाएसंगै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान०ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930