आइतवार, जेष्ठ ६, २०८१

प्रम दाहाल र सभामुख घिमिरेबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा चिन्ता व्यक्त

काठमाडौं जेठ २,

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । छलफलको क्रममा उहाँहरुवीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण मंगलवारको संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषय केन्द्रीत रहेको बुझिएकोछ।

 राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम थियो ।तर, सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन नसकेको हो ।

त्यस्तै प्रमप्रचण्डसंगको भेटमा सभामसख घिमिरेले कार्यव्यवस्था बैठकमा वारम्वार प्रमुख सचेतकको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनवाइ नभएके भन्दै चिन्ता व्यक्त गर्नुभएको थाहा भएकोछ।