शनिबार, बैशाख २९, २०८१

कोभिड –१९ कोषमा काँग्रेसका सवै सांसदको तर्फबाट १५ दिनको पारिश्रमिक

काठमाडौ चैत ११, नेपाल सरकारले कोरोनाभाइरसको जोखिम न्यूनिकरण तथा उपचारका लागि स्थापना गरेको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरि काँग्रेसका संघीय सांसदले आफुले पाउँने पारिश्रमिक मध्ये १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

त्यस्तै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।

साथै लकडाउनको समयमा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै काँग्रेस सचेतक बालकृष्ण खाँडले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।