बिहिबार, बैशाख १३, २०८१

आ-आफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न महानगर प्रमुख शाक्यको अपिल

काठमाडौं चैत ११, काठमाडौ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिदै नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आ-आफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्नुभएको छ। महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आज एक अपिल जारी गर्दै महामारीको आशंका लागे सहयोगका लागि आफू, उपप्रमुख, वडाध्यक्ष वा कार्यपालिका सदस्यलाई प्रत्यक्ष सम्पर्क गर्न टेलिफोन नं. उपलब्ध गराउँदै  यस्तोआग्रह गर्नु भएको हो ।

त्यस्तै उहाँले जारी अपिल मार्फत कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाइ आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जानकारी दिनुको अलावा कोरोना संक्रमणको आशंका भएमा नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको जानकारी दिनु भएको छ ।

साथै साथै लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने बताउँदै यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।