शनिबार, बैशाख २९, २०८१

सन्थाल बालबालिकालाई वीरता जेसीजको सहयोग

 बिर्तामोड असोज १८,  सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज विहीबार वीरता जेसीजले विद्यालय पोशाक, व्याग लगायतका सामग्री सहयोग प्रदान गरेको छ ।  सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच बृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि कुनै कुराको अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसीजले पोशाक, व्याग, जुत्ता लगायतका सामग्री प्रदान गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । ।

त्यस्तै समाचारमा वीरता जेसीजका अध्यक्ष एकराज गिरीको सभापतित्वमा एवम् संस्थाका पूर्वअध्यक्ष शेखर ढकालको अ प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जेसीजले बिर्तामोडस्थित देवी माविमा अध्ययनरत् आठ जना छात्रछात्रा क्रमस उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम ९कक्षा–९०, पवन बास्के ९कक्षा–७०, सिद्धान्त वेस्रा ९कक्षा–१०, निशा हेमरम ९कक्षा–७०, बिनु हस्दा९कक्षा–७०, निशान हेमरम९कक्षा–५०, प्रवीन बास्के ९कक्षा–५०, सन्ध्या बेस्रा९कक्षा–५० रहेका छन् ।

कार्यक्रममा देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, प्रमुख अतिथि ढकाल लगायतले सीमान्तकृत तथा विपन्न सन्थाल बालबालिकाको शिक्षाका लागि जेसीजले उदाहरणीय भएको बताए ।  कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य मो साहनवाज अन्सारीले स्वागत  सदस्य सुरेश खतिवडाले आस्था वाचन जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको थिम वाचन कोषाध्यक्ष जीवनकुमार खड्काले गर्नु भएको प्रस्तुत कार्यक्रमको सञ्चालन महासचिव बिनोद पाण्डेले गरेको थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।