सोमवार, बैशाख १७, २०८१

टिपर दुर्घटनाको श्रृखला फेरी बढ्यो, बुधवारमात्र एकको मृत्यु, दुइ घाइते

काठमाडौं असोज १८, जिल्ला सुरक्षा समितिको बसेको बैठकले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समयमा छुट दिदै समय परिवर्तन गरेसंगै दुर्घटनाको श्रृखला फेरी बढ्न थालेको छ । यसअघि टिपर सञ्चालनका कारण दुर्घटना बढेको भन्दै राज्यले बेलुकी ७ बजेबाट विहान ५ बजेसम्म मात्र टिपर सञ्चालन गर्ने पाउँने गरि प्रतिबन्ध लगाएको थियो ।

तर पछिल्लो समय जिल्ला सुरक्षा समितिको बैठकले यसअघिको निर्णय काटदै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएलगत्तै टिपरका कारण उपत्यकामा  बुधबार मात्र भक्तपुरको सुर्यविनायकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको थियो भने गएराति काठमाडौंको सुन्धारामा पनि टिपरकै ठक्करबाट मोटरसाइकलमा सवार दुईजना धादिङ ७ घर भई काठमाडौं बसुन्धारा बस्ने सरोज परियार र चिरन्जिवी नेपाली घाइते भएपछि  प्रशासनले उक्त निर्णय एकै दिनमा फिर्ता लिइ   साबिक बमोजिम राति ८ बजेदेखि बिहान ५ बजेसम्ममात्र टिपर सञ्चालन गर्न दिने निर्णय  गरेको   हो ।

  स्मरण रहोस बुधवार प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएर टिपरका चालक फरार भएको हो । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोसित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।