शुक्रबार, बैशाख २८, २०८१

संसदीय विषयगत समितिको सवै सभापति निर्विरोध, शुक्रवार सपथ

काठमाडौ असोज ४,  प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति चयनका लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा दश वटै विषयगत समितिका सभापतिका लागि एक / एक जनाको मात्रै उम्मेदवारी परेसंगै समितिका सवै मनोनयन दर्ता गराएका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।  ९ वटा समितिमा सत्तारुढदलका सासंदहरु रहेका छन भने  सार्वजनिक लेखा समितिमा प्रतिपक्षीदलका सासंद भरतकुमार शाह निर्वाचित भएका छन ।

यी हुन निर्वाचित सभापतिहरु: 
१ सार्वजनिक लेखा समिति भरतकुमार शाह
२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी,

३. अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल,

४. कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल

५. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापतिमा विमलप्रसाद श्रीवास्तव,

६. महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल

७. राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ

८. अर्थ समितिमा कृष्णप्रसाद दाहाल

९. शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती

१०. विकास तथा प्रविधि समितिमा सभापतिको कल्याणी कुमारी खड्का

   शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनेछन् । सपथसँगै नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31