शनिबार, बैशाख १५, २०८१

विषयगत समिति पनि दलीय सहमतिमा बाँडफाँड

समितिको सभापति चयनका लागी आज मनोनयन हुँदै

काठमाडौं असोज ४,  प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन हुँदैछ । प्रतिनिधिसभा सचिवालयले निर्वाचन तालिका यसअघिनै सार्वजनिक गरिसकेको छ । निर्विरोध नभए भोलि चुनाव हुनेछ । संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टीको सहज बहुमत रहेको छ ।  तर, संसदीय मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउनेछ । अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् ।

सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले पाएको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ । अन्य ८समितिका लागि नेकपाका सांसदहरूको उम्मेदवारी तय भएको छ । विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।

नेकपाको आन्तरिक सहमति अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाललाई सभापतिको उम्मेदवार बनाउने तयारी छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी बनेको छ । अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी छ । त्यस्तैगरि महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई अघि सार्ने नेकपाको तयारी छ ।