शनिबार, बैशाख १५, २०८१

सरकार स्वयम सङ्घीयता नै असफल बनाउन लागि परेको उपसभापति निधिको आरोप

दुनियाँमा कहीँ नभएको विचित्रको चित्र प्रस्तुत हुनु आफै लज्जावोधको पराकाष्ठा भएको काँग्रेस प्रवक्ता शर्माको जिकिर

 काठमाडौ असोज ४, नेपाली काङ्ग्रेसले संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशको अवसरमा पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको निर्वाचन सम्पन्न भई ऐतिहासिक चरण पूरा भए पनिसंविधान कार्यान्वयन, अपनत्वकायमा गर्ने सवाल अझै अधुरो रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमालाइ सम्बोधन गर्दै उपसभापति बिमलेन्द्र निधिले मधेशवादी दलले संविधानअनुसार निर्वाचनमा भाग लिने तर संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु दोहोरो चरित्र भएको बताउनुभयो । सरकारले प्रदेश सरकारलाई सुरक्षा, निजामती कर्मचारी नदिई सङ्घीयता नै असफल बनाउन खोजेको बताउँनु भएको छ ।

 स्तै पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालेनिर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत हुन नसकेको बताउँदै सङ्घीय सरकार र प्रदेश सरकारबीच सहज सम्बन्ध स्थापित हुन नसक्दा समस्या चुलिदै आएको जनाउ दिनु भएको छ ।

त्यस्तै जुन संविधानलाइ टेकर राज्यको जिम्मेवार पदमा पुगेको अवस्थाका वीच केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कहीँ नभएको विचित्रको चित्र प्रस्तुत हुनु आफै लज्जावोधको पराकाष्ठा भएको जिकिर गर्नु भएको छ ।  सुखी नेपाली र समृद्ध नेपालको नारा सहित बनेको सरकार छोटो अवधीमा नै शान्तिसुरक्षाको मामिलामा असफ भएको भन्दै निर्मला पन्त प्रकरणमा दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने दुःखद रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।