शनिबार, बैशाख १५, २०८१

सभामुख महराले भने -स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन हुन्छ

काठमाडौ असोज ४,  नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज यहाँ आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीलाइ सम्बोधनगर्दै सभामुख कृष्णबहादुर महराले भाद्र १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने बताउनु भएको छ त्यस अवसरमा सभामखु महराले रु. दुईलाख २२ हजार २ सय बाइस रुपैयाँ बाईस पैसा राशीको चेक तथा सम्मान पत्र सहितको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता–२०१८ पुरस्कारबाट , ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई सम्मानीत गर्नुभएको छ ।

र्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले हालै लागू भएको देवानी फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित पर्ने भएकोले त्यसको संशोधन नभएसम्म महासंघले विरोधका कार्यक्रम यथावत राख्ने बताउँनु भएको उक्त कार्यक्रममा  हासंघका पूर्वसभापति हरिहर विरहीले पुरस्कृत पत्रकारलाई बधाई दिँदै ग्रामीण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील रहनु नेपाली पत्रकारिताका लागि खुसीको कुरा रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष शिव गाँउले ,नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिप पन्त पुरस्कृत पत्रकार राई लगायतले अभिव्यक्ति दिनु भएको दिनु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।